Loading... आजः १६ बैशाख २०८३, बुधबार । Wednesday 29th April 2026
ताजा खबर
  

कर्णाली प्रदेशमा वृक्षारोपण अभियानको सुरुवात : मुख्यमन्त्रीद्वारा वृक्षारोपण

असार १४ सुर्खेत ।
कर्णाली प्रदेश सरकारले वृक्षारोपण अभियानको सूरुवात गरेको छ । हरेक वर्ष असार १४ गतेलाई राष्ट्रिय वृक्षारोपण दिवसका रूपमा मनाउने निर्णय गरेको सरकारले आगामी तीन वर्ष भित्र ३ करोड बिरुवा रोप्ने योजना सहित अभियानका वृक्षारोपणको सुरुवात गरेको हो ।

एक नेपाली, एक फलफूलको वृक्षारोपण अभियानलाई मूर्तरूप दिन वृक्षारोपण दिवस मार्फत फलफूलका बिरुवा रोप्ने कार्यक्रमलाई अभियानकै रूपमा सरकारले अभियान सञ्चालन गरेको छ ।

कर्णाली प्रदेश सरकारले पनि बृहत वृक्षारोपण कार्यक्रमको शुभारम्भ गरेको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको जिरो ड्याम क्षेत्रमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाका साथै नेपाली सेना, शसत्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रसेवक कर्मचारीहरुको सहभागितामा बृहत वृक्षारोपण कार्यक्रमको सुरुवात गरिएको छ ।
नेपाल सरकारले वृक्षरोपण कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा सबै राष्ट्रसेवक कर्मचारीहरुलाई सरिक हुन निर्देशन समेत दिएको छ । सरकारले प्रदेश तथा स्थानीय तह, समिति, संस्थान, विश्वविद्यालय, विद्यालय, वन उपभोक्ता समूह एवं गैरसरकारी निकायलाई समेत आआफ्नो कार्यालय परिसरभित्र फलफूलका बिरुवा रोप्न पत्राचार समेत गरेको थियो ।