Loading... आजः १८ बैशाख २०८३, शुक्रबार । Friday 1st May 2026
ताजा खबर
  

महिला हिंसा, लागू औषध विरुद्ध प्रशिक्षण कार्यक्रम सम्पन्न

रमा केसी
असार १४ सुर्खेत ।
महिला हिंसा, लागु औषध विरुद्धको एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । वीरेन्द्रनगर १ मा एक कार्यक्रमका बिच महिला माथि हुने घरेलुु हिंसा,लागू औषध सम्बन्धी विभिन्न कुराहरुको बारेमा प्रशिक्षण दिइएको थियो । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको शान्ति सुरक्षा अभियान अन्तर्गत प्रशिक्षण कार्यक्रम गरिएको हो ।
कार्यक्रममा स्थानीय महिला, विद्यार्थीहरु, सरोकारवाला व्यक्तीहरु, राजनीतिकर्मीहरुको सहभागिता रहेको थियो । प्रशिक्षण कार्यक्रममा समाजमा शान्ति सुरक्षाका कुराहरु, महिला हिंसा, लागुऔषध दुव्यसनीका कुराहरुको बारेमा छलफल गरिएको थियो ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव गंगाराम सुनारले समाजमा महिला हिंसा, लागुऔषध विरुद्धका घटनाहरु बढ्दै गएकाले सबैले सचेत हुुनु अनीवार्य आवश्यकता रहेको बताए । सिमान्त वर्ग देखि लिएर महिलाहरु, पिछडिए वर्गहरुमा महिला हिंसा, लागु औषध जस्ता घटनाहरुको बारेमा जानकारी दिइएको प्रहरी नायब ढुण्डी राज अधिकारीले बताए । साथै उनले सुर्खेत जिल्ला सबै पालिकाहरुका ९९ वडामा विभिन्न सचेतनामुलक कार्यक्रमहरु गरिएको समेत जानकारी दिए ।