Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

पत्रकार शर्मालाई बचाउन आब्हान

सुर्खेत ।
दैलेख भगवतीमाई गाउँपालिका वडा नं. २ रुममा घर भई सुर्खेतमा बसेर क्रियाशील पत्रकारिता गर्दै आएका पत्रकार डिलप्रसाद शर्मा बोनम्यारो रोगबाट ग्रसित छन् । उनको उपचारमा १५ लाख भन्दा बढि पैसा लाग्ने भएकोले घरको आथिृक अवस्थाका कारण उपचार खर्चको समस्या परेको छ । त्यसैले सुर्खेतस्थित विभिन्न संघ संगठन तथा पत्रकारका हितमा काम गर्नेहरुले यतिबेला पत्रकार डिलप्रसाद शर्मा बचाउ अभियानमा सहयोग गरिदिन आग्रह गरेका छन् । शर्माको भारतको गुजरातमा डेढ महिनादेखि उपचार चलिरहेको छ ।


पत्रकार शर्मा बोनम्यारो रोगबाट पीडित छन् । चिकित्सकहरुले शर्माको उपचारको अन्तिम विकल्प बोनम्यारो प्रत्यारोपण रहेको बताएका छन् । बोनम्यारो प्रत्यारोपणका लागि कम्तिमा पनि १५ लाख भारतीय रुपैयाँ लाग्ने बताइएको छ । शर्मालाई बोनम्यारो रोग लागेको तीन महिना अघि मात्रै पुष्टि भएको थियो । उनी आइतबार नेपाल फर्किँदै छन् ।

पत्रकार शर्माको उपचारका लागि आर्थिक सहयोगका गर्नका लागि नेपाल इन्भेस्टमेन्ट बैंक सुर्खेत शाखामा उनकै नाममा रहको खाता नम्बर ०२२०५०५०७९३१३६ मा रकम जम्मा गरी सहयोग गर्न सकिने छ । क्वीकखबर डटकम परिवार पत्रकार शर्माको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।