Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

मनोज–झपेन्द्र स्मृतिमा जेष्ठ नागरिकलाई सम्मान

सुर्खेत ।
शहिद मनोज–झपेन्द्र ३० औं स्मृति दिवसका अवसरमा जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । नेपाल निजामति कर्मचारी संगठन सुर्खेतले प्रशान्ति बृद्धाश्रममा रहेका जेष्ठ नागरिकहरुलाई सम्मान गरेको हो ।


जेष्ठ नागरिकहरुलाई सम्मान गर्दै नेपाल निजामति कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष एवम् कर्णाली प्रदेश संयोजक मोहन गिरीले शहिदको सम्झनामा जेष्ठ नागरिकहरुलाई सम्मान गर्न पाएकोमा खुसी लागेको बताउँदै जेष्ठ नागरिकको सम्मानका लागि सबैले मानवताको भूमिका निर्वाह गर्नु पर्ने बताए ।


जेष्ठ नागरिक सम्मान कार्यक्रममा संगठनका सुर्खेत जिल्ला अध्यक्ष लाल बहादुर खत्रीले जेष्ठ नागरिकको सम्मान गर्नु सबैको कर्तव्य भएको बताउँदै सबैले आ–आफ्ना मातापिताको सम्मान गर्न सकेमा जेष्ठ नागरिकहरु अपहेलित हुनु पर्ने अवस्थाको सिर्जना नै हुने बताए । उनले भने, ‘जेष्ठ नागरिक नै भगवानको अर्को रुप भएकोले सबैले ढुङ्गाको मूर्तिको सट्टा मातापिताको पूजा गर्न आवश्यक छ ।’

वृद्धाश्रममा रहेका २१ जना जेष्ठ नागरिकहरुलाई फलफूल वितरण सहित सम्मान गरिएको थियो । नेपाल निजामति कर्मचारी संगठनले मनोज–झपेन्द्र स्मृति दिवसमा प्रत्येक वर्ष समाजसेवी कार्यहरु गर्दै आइरहेको छ ।