Loading... आजः १३ बैशाख २०८३, आईतवार । Sunday 26th April 2026
ताजा खबर
  

प्रचण्डको ‘हेग अभिव्यक्ति’ गैर जिम्मेवार भएको एम्नेष्टिको ठहर

सुर्खेत ।

अन्तराष्ट्रिय मानव अधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनल नेपालका केन्द्रिय महासचिव कर्ण कुँवरले सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्तराष्ट्रिय अदालत (हेग) लगे आफू झन् हिरो बन्छु भन्ने अभिव्यक्ति दिनु गैर जिम्मेवारि पन भएको बताउनु भएको छ । एम्नेष्टी इन्टरनेशनल नेपाल लयर्स समूह ६९, सुर्खेत को २६ औं साधारणसभालाई सम्बोदन गर्दै सचिव कुँवरले यस्तो बताउनु भएको हो । लामो दोन्द्धबाट ग्रस्त नेपाली जनताले यतिबेला विकास र संमृद्धि चाहेको बेला प्रचण्डलाई भने विश्व हिरो बन्ने दिवा सपना मनमा पलाउँनु दुर्भाग्य पुर्ण भएको महासचिव कँुवरको ठहर छ ।

उहाँले द्वन्द्वकालीन मानवअधिकार उल्लंघनलाई सम्बोधन गर्ने सवालमा नेपाल सरकार अकर्मण्य देखिएको बताउनुभयो । सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्तिमा भएको ढिलाईले सरकार पीडितका मागमा गम्भीर नेखिएको महासविचव कँुवरको ठम्याई छ । नेपालका दुई ठुला दल नेकपा र नोपाली काँग्रेसले मुलुकमा शान्ति र विकास नचाहेको समेत उहाँले आरोप लगाउँनु भयो ।

त्यस्तै सोही कार्यक्रम्मा बोल्दै उच्च अदालत बार एशोसियसन सुर्खेतका अध्यक्ष उत्तम शर्माले पछिल्लो समय लिङ्ग पहिचान गरि गर्वपतन गराउँनेको संख्या बढेको भन्दै यस्ता घटना प्रति मानब अधिकार कर्मीहरु गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । महिला मानबअधिकार रक्षक सञ्जाल कर्णालीका संयोजक पवित्रा शाहीले मानबअधिकारको उलङ्गघन नगरिकहरुबाटै हुने गरेको भन्दै प्रत्येक व्यक्तिले असल नागरिकको भुमिका निर्वाह गरेमात्र मानबअधिकार सुनिश्चित हुँने बताउनुभयो । त्यस्तै नेपाल पत्रकार महासंघ शाखा सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतील केही दिन अगाडि नेपालको शान्ति प्रकृयामाथिनै एम्नेष्टिले विज्ञप्ती जारि गरेको भन्दै शान्ति प्रकृयालाई संस्थाग गरिहेको सरकार माथी प्रश्ना गर्दा यस्ले राजनितीक अस्वस्थिरता निम्त्याउन सक्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो । गत सोमबार बिहान विप्लव समूह छाडेर नेकपा प्रवेश गर्ने नेताहरूलाई स्वागत गर्ने क्रममा अध्यक्ष दहालले हेग लगे पनि आफूलाई केही फरक नपर्ने अभिव्यक्ति दिनुभएको थियो ।

हेग लगे भने आफु झन् विश्वकै हिरो भएर निस्ने अभिव्यक्ति दिनुभएको थियो । लयर्स समूह ६९, सुर्खेत संयोजक हरिलाल खड्काको अध्यक्षतामा सम्पन्न भएको २६ औं साधारणसभामा समूह ६९ का संस्थापक अध्यक्ष भानुभक्त भारती, पूर्व अध्यक्ष देबेन्द्र सेजुवाल, सल्लाहकार अनिल शाही, समूह २ का संयोजक भरत पन्त र पुर्व केन्द्रिय सदस्य लक्ष्मी गौतम लगाएतको सहभागीता रहेको थियो ।