Loading... आजः ६ बैशाख २०८३, आईतवार । Sunday 19th April 2026
ताजा खबर
  

मृत्यु भएको भन्दै लगतकट्टा गरिएका जेष्ठ नागरिकलाई बुझाईयो भत्ता

कोहोलपुर – बाँके |
भगवतीमाई गाउँपालिकाले २०७५ चैत्र २५ गते मृत्यु भएको भन्दै लगतकट्टा गरेका मणीराम खत्रीका दम्पत्तिलाई जेष्ठ नागरिक वापत पाउनु पर्ने सामाजिक सुरक्षा भत्ता बुझाएको छ । खत्री बसाइसराई गरि गएको बाँसगढी नगरपालिकाको वडा नं. ९ माछागढमा पुगेर गाउँपालिकाका कर्मचारीले एक चौमासिक बराबर हुन आउने भत्ता बुझाएको मणीराम खत्रीका छोरा पदमबहादुर खत्रीले क्वीकखबरसँग बताए ।

Image may contain: 7 people, people sitting and outdoor
उनले भने, ‘आमाबुबासँग माफी मागेरै भत्ता बुझाए यदि उनीहरुले त्यसो नगरेको भए मुद्दा हाल्ने तयारी गरिरहेका थियौ ।’ परिवारका जिउँदा सदस्यलाई मरिसकेको भनेर प्रमाण बनाउनु गाउँपालिकाको ठूलो भूल भएको भन्दै नानकलाले थपिन्, ‘कसैलाई गालि गर्दा त मानहानी भएको भन्ने हुन्छ भने यहाँ त प्रमाण पत्र नै जारी गरियो यो भन्दा ठूलो दोष के हुन सक्छ ।’

आफूलाई मरिसकेको भनेर लगत कट्टा गरेको थाहा पाएपछि निकै दुःख लागेको थियो तर भत्ता घरमै बुझ्न पाउँदा जिउँदै छु भन्ने लाग्यो मणीराम खत्रीले भने । रकम बुझ्दै खत्री दम्पत्तिले भने, ‘मलाई त जिउँदै मार्ने काम गरिएछ तर अरुलाई त्यसो नगर्नुहोला ।’ भत्ता बुझाउन गाउँपालिकाका आइटी अफिसर देबेन्द्र सिंह कोहोलपुर खत्रीकी छोरी नानकलाको घरमा पुगेका थिए ।

Image may contain: 6 people, people smiling, people sitting and outdoor
मणीराम खत्री दम्पत्ति सामाजिक सुरक्षा भत्ता पाउनबाट बञ्चित हुने गरि उनीहरुलाई मृत्यु भइसकेको भन्ने अभिलेख तयार गरेको भगवतीमाइ गाउँपालिकाले आइटी अफिसरको कमजोरी भएको बताउँदै आएको छ । बारम्बार विवादमा आइरहने उक्त गाउँपालिकाका कार्यहरुले गर्दा पदाधिकारीदेखि कर्मचारीहरुको समेतको कार्य सम्पादन शैलीमा लापरवाही हुँदै आइरहेको छ ।