Loading... आजः ७ जेष्ठ २०८३, बिहीबार । Thursday 21st May 2026
ताजा खबर
  

क्यान महासंघमा आचार्य

सुर्खेत ।
कम्प्यूटर एशोसियसन नेपाल (क्यान) महासंघ सुर्खेत शाखाको पाँचौ अधिवेशनबाट तिलक प्रसाद आचार्य अध्यक्षमा निर्वाचित भएका छन् । शनिबार सम्पन्न सातौ साधारण सभा तथा पाँचौ अधिवेशनले आचार्यको अध्यक्षतामा १० सदस्यीय समिति चयन गरेको छ ।

जसमा सदस्यहरु जीवन कुमारी सिजाली, दल बहादुर राना, लोकेन्द्र बहादुर गिरी, जीवन कुमारी सिंजाली, प्रवाशकुमार शाक्य, बिर्खराज बिसी, टीका ढकाल, मानबहादुर खड्का र यत्र खत्री चयन भएका छन् ।

पदाधिकारीहरुको बाँडफाँड चयन भएका सदस्यहरुबाट गरिने नवनिर्वाचित अध्यक्ष आचार्यले जानकारी दिए । साधारण सभामा तिलक प्रसाद आचार्यले प्रगति प्रतिवेदन र कोषाध्यक्ष भीम केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । यसैगरि प्रदेश प्रतिनिधि तथा केन्द्रीय प्रतिनिधिहरु पनि छनोट गरेको जनाइएको छ ।