Loading... आजः २४ असार २०८३, बुधबार । Wednesday 8th July 2026
ताजा खबर
  

कर्णालीमा संविधानदिवस भव्य रुपमा मनाईने

सुर्खेत ।
कर्णाली प्रदेशमा संविधान दिवसलाई व्यापक हर्षउल्लास सहित भव्य रुपमा मनाईने भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको सर्वपक्षिय वैठकले आगामी असोज २, ३ र ४ गते विविध कार्यक्रमको आयोजना गरि संविधान दिवसलाई भव्य रुपमा मनाउने निर्णय गरेको हो ।

वैठकले कर्णाली प्रदेश अन्तर्गतका मन्त्रालय, मातहतका निकाय तथा स्थानीयतहरुमा सरसफाई, सजावट, दिपावली तथा राष्ट्रिय झण्डा फहराउने निर्णय गरेको छ । वैठकले संविधान दिवसका दिन विहान ७ बजे मंगलगढी चोकवाट प्रभातफेरी गर्ने र खुलामञ्चमा संविधान दिवस समारोहको आयोजना गर्ने निर्णय गरेको छ ।

प्रभातफेरीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्काउट, निजामति कर्मचारी, विभिन्न सामाजिक संघ संस्थाहरुले साँस्कृतिक पहिचान सहितको झाँकी प्रदर्शनका साथै आ–आफ्नो पोशाक र सर्वसाधारणहरुलाई राष्ट्रिय पोशाकमा राष्ट्रिय झण्डा सहित सहभागि हुन पनि आग्रह गरिएको उनले जानकारी दिए । वैठकले सर्वसाधारण सवैका सवै घर तथा पसलहरुमा राष्ट्रिय झण्डा फहराउनुको साथै दिपावली गर्न आव्हान गरेको सदस्य सचिव गौतमले जानकारी दिए ।
संविधान दिवसलाई भव्यताका साथ मनाउन वैठकले मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको अध्यक्षतामा २० सदस्यीय मुल समारोह समिति गठन गर्ने निर्णय समेत गरेको छ । मुल समारोह समितिका सदस्यहरुमा प्रदेश सभाका सभामुख, उच्च अदालतका मुख्यन्यायधिस, प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश योजना आयोगका उपाध्यक्ष, जिल्ला समन्वय समिति सुर्खेतका प्रमूख, प्रदेश सरकारका प्रमूख सचिव रहने सदस्य सचिव गौतमले वताए ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव सदस्य सचिव रहेको समितिका अन्य सदस्यहरुमा उच्च अदालतका न्यायधिसहरु, मुख्यन्यायधिवक्ता, प्रदेश सभाका सदस्यहरु, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख, प्रदेश सरकारका सचिवहरु, जिल्ला अदालतका न्यायधिस, उच्चअदालतका रजिष्ट्रार, मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति, राजनैतिक दलका प्रमूखहरु, प्रदेश सरकारका राजपत्रंकित प्रथम श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रदेश प्रमुखहरु र उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश अध्यक्ष रहेको वताईएको छ ।

यसैगरि वैठकले आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीको संयोजकत्वमा प्रचार प्रसार उपसमिति, सामाजिक विकास मन्त्रीदल रावलको संयोजकत्वमा खेलकुद तथा अतिरिक्त क्रियाकलाप संचालक उपसमिति र वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीको संयोजकत्वमा मञ्च सजावट तथा कार्यक्रम व्यवस्थापन उपसमिति गठन गरेको छ ।