Loading... आजः २३ असार २०८३, मंगलवार । Tuesday 7th July 2026
ताजा खबर
  

गौहत्याको प्रकरण दोहोरिदै

सुर्खेत ।

सुर्खेतमा भएको गौहत्याको विषयको छानविन चलिरहेको बेलामा नुवाकोटमा गौहत्याको घटना दोहोरिएको छ । नुवाकोटको विदुर नगरपालिका ४ मा जिउँदै गाई पुरिएको घटना बाहिर आएको छ । तर जिउँदै पुर्दै गरिएको गाईको भने उद्दार गरिएको छ । जिउँदै गाईलाई पुर्दै गरेको स्थानीयले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थल पुग्नु अगावै गाई पुर्ने मान्छे भने फरार भएका छन् ।
नजिकै नेपाली सेनाको ब्यारेक रहेकाले सेना र प्रहरीको सहयोगमा स्थानीयले पुर्दै गरिएको गाईको उद्धार गरेका हुन् । बट्टार हावाघर नजिकै नवनिर्मिति क्रियापुत्री बस्ने भवन नजिक गाईलाई खाल्डा खनेर पुर्न लागिएको अवस्थामा स्थानीयले देखेका थिए । गाई चीनतर्फ तस्करीका लागि ल्याइएको हुन सक्ने प्रहरीले आंशका गरिएको छ ।
पटक पटक गौहत्याका प्रकरण हुनु पक्कै पनि राष्ट्रियतालाई चुनौति दिनु हो । राष्ट्रको स्वाभिमानलाई नै चुनौति दिने कार्य गर्नेहरुलाई कानून बमोजिम कडा भन्दा कडा कारवाही गर्न आवश्यक छ । सुर्खेतमा भएको गौहत्याको विषयमा छानविन समितिले स्थलगत अध्ययन गरिरहेको समयमा नुवाकोटमा पुनः जिउँदै गाई खाल्डामा पुर्नु सरकारलाई नै चुनौति भएको विश्लेषकहरुले बताएका छन् ।