Loading... आजः २३ असार २०८३, मंगलवार । Tuesday 7th July 2026
ताजा खबर
  

सुर्खेतमा छाडापशु गणना शुरु

सुर्खेत 
सुर्खेतमा रहेका छाडापशुको ब्यवस्थापन गर्न आजवाट गणना शुरु गरिएको छ । कर्णाली प्रदेशको भुमि ब्यवस्था,कृषि तथा सहकारी मन्त्रालयले छाडापशुको ब्यवस्थापन गर्न गठन गरेको कार्यदलले सुर्खेतमा मंगलवार देखि छाडापशुहरुको गणना शुरु गरेको हो । मंगलवारवाट शुरु गरिएको गणनामा एक सय ४२ वटा छाडा पशुहरु भेटिएका छन ।
Image result for छाडा पशु चौपाया
वीरेन्द्रनगर नगरपालिकाको भेरी पुल देखि वाङ्गेसिमल खण्डमा ८५ छाडापशुहरु भेटिएको पशुपन्छी विकास निर्देशनालय कर्णाली प्रदेशका निर्देशक तथा कार्यदलका संयोजक डाक्टर टंक प्रसाद प्रसाइले जानकारी दिनुभयो । संयोजक प्रसाईका अनुसार सुर्खेतको वाङ्गेसिमल देखि रानीघाट सम्मको सडक खण्डमा ५७ वटा गाइहरु भेटिएका छन । वाङ्गेसिमल देखि रानीघाट सम्मको सडक खण्डमा भेटिएका अधिकांश गाइहरु गौशाला भित्रका रहेको प्रसाईको भनाई छ । सुर्खेत लगाएत प्रदेशका अन्य ठाँउमा वेवारिसे रुपमा छोडिएका छाडापशुहरुको दिर्घकालीन ब्यवस्थापन गर्न कार्यदलले छाडापशुहरुको गणना शुरु गरेको प्रसाईले वताउनुभयो ।
वीरेन्द्रनगर आसपासमा रहेका छाडापशुहरुको गणना गरेर ब्यवस्थापनका लागी सुझाव सहितको प्रतिवेदन मन्त्रालयलाई वुझाइने उहाँले जानकारी दिनुभयो । वीरेन्द्रनगर २ रानीघाटको गौशाला आसपासमा ५७ गाइहरु भेटिएपनि रानीघाटमै भएको गौशालामा भने ८० देखि ९० जति गाइहरु आउने गरेको स्थानीय देविसरा विकले वताउनुभयो । “गौशालामा ८०/९० गाइ थिए, राम्रो गाइहरु जंगलवाटै चोरेर लिन्छन, वुढा हिड्न नसक्ने, घाइते तथा अपाङ्गता भएका लाई मात्रै यता तिर छोडछन” उहाँले भन्नुभयो । पाँच वटा जति दुहुना छन,वाछीहरु यतै हुन्छन, अरुत जंगलवाटै कसले लिन्छन खै हामीलाई थाहा हुदैन, उहाँले भन्नुभयो । गौशालावाट निस्कदा सवै वाडिएर निस्कन्छन कोही काही आउदैनन, राम्रो दुध दिने गाइ उतैवाट कसले लिन्छन विकले भन्नुभयो । छाडापशुहरुको उचित ब्यवस्थापनका लागी ब्यवस्थीत गौशालाको निमार्ण गर्नुपर्ने सुर्खेतका पशु अधिकारकर्मी कृष्ण ढकालले वताउनुभयो ।
गौशालालाई ब्यवस्थीत गरेमा मात्र सुर्खेतमा भएको छाडापशुको समस्या समाधान हुने ढकालले वताउनुभयो । छाडापशुको समस्यालाई अल्पकालीन र दिर्घकालीन रुपमा समस्या समाधान गर्न कार्यदलको प्रतिवेदन प्राप्त भएपछि मन्त्रालयले आवश्यक निर्णय लिने मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले जानकारी दिनुभयो । भाद्र १२ गते राती सुर्खेत वीरेन्द्रनगर नगरपालिकाको १४ कटकुवा तथा आसपासका सडक छेउछाउका क्षेत्रमा बेबारिसे छोडिएका ३९ वटा गाइहरु मरेका थिए ।
नेपालगंजबाट ८ ओटा ट्रकमा ल्याइएका २९१ गाइहरु मध्ये ३९ वटा गाईको मरेका थिए भने दुइ सय ३३ वटा गाइहरु नेपालगंज फिर्ता पठाइएको थियो । यो घटना घटेपछि मन्त्रालयले सुर्खेत तथा अन्य स्थानमा वेवारिसे छाडिएका छाडापशुहरुको उचित ब्यवस्थापन गर्न मन्त्रालयको अगुवाइमा ७ सदस्यीय कार्यदल गठन गरिएको थियो । १५ दिन भित्र आफनो राय सहितको प्रतिवेदन मन्त्रालयलाई पेश गर्न कार्यादेश दिइएको थियो ।