Loading... आजः २३ असार २०८३, मंगलवार । Tuesday 7th July 2026
ताजा खबर
  

‘काण्डै–काण्ड’ बजारमा

सुर्खेत ।

नेपाली राजनीतिमा पटक पटक विभिन्न काण्डहरु बाहिर आउने गरेका छन् । कुनै समयमा एमालेको फुटपछि तत्कालिन मालेले ल्याएको ‘एमालेका २४ काण्ड’ को बारेमा बेला बखतमा अहिले पनि हल्ला हुने गरेको छ । उक्त २४ काण्डको हल्ला यदाकदा चल्ने गरेका बेलामा नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय अध्यक्ष नैनसिंह महरले ‘नेकपा सरकारका काण्डै–काण्ड’ बजारमा ल्याएका छन् ।

वर्तमान नेकपाको दुई तिहाईको सरकारले जनताका अपेक्षालाई पूरा गर्न नसकेको र दुई तिहाईको दम्भमा निरंकुश बन्न खोजेको भन्दै लेखकले नेकपा सरकारले गरेका कमजोरीहरुको बारेमा उल्लेख गरिएको बताइएको छ । उक्त ‘काण्डै–काण्ड’ पुस्तक विमोचन समारोहमा नेपाली कांग्रेस पार्टी सभापति शेरबहादुर देउवादेखि पार्टीका महामन्त्री शशांक कोइराला समेतको उपस्थिति रहेको थियो । पुस्तक विमोचन समारोहमा बोल्दै काँग्रेस नेताहरुले वर्तमान परिस्थितिमा पार्टीको आन्तरिक विवादमा अल्झिनु भन्दा नेकपा सरकारले गरेको गलत क्रियाकलापको भण्डाफोरमा लाग्नु पर्ने बताएका छन् ।

पार्टी महामन्त्री शशांक कोइरालाले भने, ‘पार्टी सभापति शेरबहादुर देउवाको विरोध गरेर होइन संगठन बलियो बनाउनका नेकपा सरकारले गरेको कमीकमजोरीलाई जनता समक्ष लैजान सक्नु पर्दछ ।’ नेतृत्व परिवर्तनको आवश्यता रहेको बताउँदै आएका कोइरालाले पार्टी सभापतिको विरोध गर्नुको कुनै अर्थ नहुने समेत बताए । नेविसंघका निवर्तमान सभापति नैनसिंह महरले लेखेको ‘नेकपा सरकारका काण्डै काण्ड’ पुस्तक विमोचन गर्दै काठमाडौंमा उनले भने, ‘पार्टी सभापतिको विरोध गर्नुको अर्थ हुन्न । मैले त विरोध गरेको छैन तपाईंहरू पनि नगर्नुस् बरू सहयोग गरेर अघि बढौं ।’

सभापतिलाई गाली नगरी सहयोग गरेमा संगठनसमेत राम्रो हुने उनले बताए । ‘गाली होइन बरू हामी सबैको सहयोग उहाँलाई चाहिएको छ,’ उनले थपे । कोइरालाभन्दा अघि बोलेका पार्टीका केन्द्रीय सदस्य बालकृष्ण खाँणले पार्टी सभापतिलाई पार्टी भित्रकै नेताबाट विरोध भइराखेको बताएका थिए ।