Loading... आजः ३० श्रावण २०८३, शनिबार । Saturday 15th August 2026

नेकपाको चियापान समारोह सम्पन्न

सुर्खेत
नेपाल कम्युनिष्ट पार्टी नेकपाले चियापान समारोह सम्पन्न गरेको छ । बुधबार वीरेन्द्रनगरमा जिल्ला कमिटि सुर्खेतले दशैं, तिहार, छठ पर्व तथा नेपाल संवतको अवसरमा चियापान समारोहको आयोजना गरेको हो । चियापान समारोहमा कर्णाली प्रदेशका सभामुख राजबहादुर शाही, सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी, सामाजिक विकास मन्त्री दल रावल, प्रदेश सभाका सदस्यहरु, अन्य दलका प्रमुख एवम प्रतिनिधि तथा नेकपा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Image may contain: 7 people, people smiling, people sitting
राजनीतिक दलहरुले े दशैं, तिहार, छठ पर्व तथा नेपाल संवतको अवसरमा गर्दैै आएको चियापान कार्यक्रम नेकपाले पनि देशैभर आज एक साथ सम्पन्न गरेको छ । संघीय राजधानी काठमाडौंमा समेत विभिन्न व्यक्तिहरुको उपस्थितिमा चियापान कार्यक्रम सम्पन्न भएको नेकपाले जनाएको छ ।