Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

समय सान्दर्भिक साहित्य नै दीर्घजिवी हुन्छः कूलपति उप्रेती

काठमाडौं ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति गंगाप्रसाद उप्रेतीले समय सान्दर्भिक साहित्य नै दीर्घजिवी हुने बताउनु भएको छ । विश्व नेपाली साहित्य महासंघ विश्व केन्द्रीय समितिको आयोजना तथा नेपाल शाखाको सहआयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ कक्षमा मंगलबार (कार्तिक ५ गते) भएको “काव्य विमर्श तथा कवि गोष्ठी“ कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।

Image may contain: Ganga Uprety, hat and closeup

 

Image may contain: 5 people, including चूडा मणि रेग्मी, indoor
उहाँले भन्नुभयो, नेपाल बाहिर रहेर पनि नेपाली भाषा र साहित्यको क्षेत्रमा काम गरिरहेका साहित्यकारहरुले नेपाली साहित्यको सामथ्र्यलाई विश्वभर चिनाएका छन् । उनीहरुसँगको साझेदारीलाई प्रज्ञा प्रतिष्ठान जहिले पनि स्वागत गर्दछ ।

Image may contain: 5 people, including Ganga Uprety, indoor
नेपाली भाषा र साहित्यको सेतुको रुपमा विश्व नेपाली साहित्य महासंघले काम गरिरहेको बताउँदै कूलपतिले भन्नुभयो, साहित्यका क्षेत्रमा यस संस्थाले आफ्नो पहिचानन निर्माण गरेकामा खुसी लागेको छ ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले भन्नुभयो, नेपाली भाषा, साहित्य, संस्कृति र सभ्यतालाई विश्वव्यापी गराउन विश्व नेपाली साहित्य महासंघले योगदान दिएको छ । नेपाल बाहिर रहेका साहित्यकारहरुले अनुवादका माध्यमबाट अन्य भाषाका साहित्यसँग सम्बन्ध विस्तार गर्दै नेपाली साहित्यलाई सबै माझ पु¥याउन जरुरी छ ।

Image may contain: 8 people, including Ganga Uprety, people smiling, people standing, people on stage and indoor
काव्य विमर्श तथा कवि गोष्ठीमा बोल्दै प्रा. डा. गोविन्दराज भट्टराईले भन्नुभयो नेपाल बाहिर रहेको नेपाली साहित्य बिना नेपाल भित्र रहेको नेपाली साहित्य अधुरो हुन्छ । साहित्यको जग भनेको अनुवाद नै भएकोले नेपाली साहित्यलाई अनुवाद गरेर विश्वभर फैलाउन जोड दिनु पर्ने उहाँको भनाई थियो ।

Image may contain: 6 people, including Ganga Uprety, people smiling, people standing and indoor
यसै गरि प्रा.डा. हेमनाथ पौडेलले विदेशमा बसेर महत्वपूर्ण काम गरिरहेका साहित्यकारहरुलाई साथ र सहयोग दिन प्रज्ञा प्रतिष्ठान तयार छ । पछिल्लो समयमा साहित्यमा फेरि एकपटक कविता लेख्नेहरुको बृद्धि भएको प्रसंगलाई इंगित गर्दै उहाँले भन्नुभयो स्तरीय कविता लेख्न सकेको खण्डमा मात्र साहित्य समाजको दर्पण मात्र होइन रुपान्तरण हुन सक्छ ।

विश्व नेपाली साहित्य महासंघले प्रदान गर्दै आएको साहित्यदूत कञ्चनजंगाबाट सम्मानीत हुनु भएको प्रा.डा. टंकप्रसाद न्यौपानेले मान्छे जहाँ गएपनि भाषा र साहित्य त्यही जाने भएकोले विश्वमा छरिएर रहेका साहित्यकारहरुलाई एकजुट बनाएर साहित्यको उन्नति गर्नै कार्यले आफूलाई खुसी लागेको बताउनु भयो । कार्यक्रममा महासंघका साहित्य संचार संयोजक रमेश कँडेलले स्वागत मन्तव्य र सल्लाहकार सागर श्रेष्ठले धन्यवाद मन्तव्य राखेका थिए । कार्यक्रममा महासंघको प्रकाशन “साहित्य संसार“ पुस्तक विमोचन गरिएको थियो । त्यसपछि प्रा डा टङ्कप्रसाद न्यौपाने, मनप्रसाद सुब्बा र भीम विरही राईलाई साहित्यदूत सम्मान अर्पण गरिएको थियो ।

Image may contain: one or more people, people sitting, table and indoor
विश्व नेपाली साहित्य महासंघ विश्व केन्द्रीय समितिका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा एक दर्जन कविताहरु वचन गरिएका थिए । कविता वाचन गर्नेहरूमा सीता तुम्खेवा, रमी श्रेष्ठ, समाश्री रावत, प्रगति राई, सीता भटराई, उर्मिला पाण्डेय, प्राज्ञ सभा सदस्य नन्दु उप्रेती, एलाक अभियान्ता डम्बर पहाडी, भावना न्यौपानेलगायतले कविता वाचन गर्नुभएको थियो ।

Image may contain: 24 people, including Trailokya Sen, Ganga Uprety, ProfShyamsundar Sherpa and Prem Kaidi, people smiling, indoor
अन्त्यमा आगामी वर्ष नेपाल प्रज्ञाप्रतिष्ठानमा भब्य रुपमा साहित्यिक विश्व सम्मेलन गर्ने तयारी चलिरहेको कुरा जानकारी गराउँदै प्रज्ञाप्रतिष्ठानबाट आवश्यक साथ र सहयोगको अपेक्षासहित सभापति सुरेन्द्र लिम्बू परदेशीले कार्यक्रमको समापन गर्नु भएको थियो भने कार्यक्रम महासंघ विश्व केन्द्रीय समितिका अर्थसचिव खगेन्द्र अधिकारी अमृतले सन्चालन गर्नुभएको थियो ।

Image may contain: 5 people, people sitting, child and indoor