Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

चक्कु प्रहारबाट घाइते भएका रानाको मृत्यु

सुर्खेत ।
तिहारमा देउसी भैली खेल्ने क्रममा भएको विवादमा चक्कु प्रहारबाट घाइते भएका चन्दन रानाको मृत्यु भएको छ । वीरेन्द्रनगर १० को दीपनगरमा भैली खेल्ने क्रममा निर्मल सोनी, केशव खनाल र प्रेम गुरुङले एक्कासी पछाडिबाट टाउकोमा चक्कु प्रहार गरेको जिल्ला प्रहरी सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) रवि रावलले जानकारी दिए । घाइते रानाको प्रदेश अस्पताल सुर्खेतमा उपचार हुन नसकेपछि कोहोलपुर र त्यसपछि भारतको लखनउमा उपचारका लागि लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Image result for चक्कु प्रहार
चक्कु प्रहार गर्ने मध्ये केशव खनाल र प्रेम गुरुङ यस कार्यालयबाट पक्राउ परी ज्यान सम्बन्धी कसुर (ज्यान मार्ने उद्योग ) मुद्दा चलेकोमा घाइते चन्दन रानाको यही कार्तिक १४ गते उपचारको क्रममा भारतमा मृत्यु भएको हुँदा कर्तव्य ज्यान कुसुर मुद्दामा अनुसन्धान भईरहेको प्रहरीको भनाई छ । घटनामा संलग्न फरार रहेका निर्मल सोनीको तदारुकताका साथ खोज तलास कार्य भईरहेको र घटनाका विषयमा थप अनुसन्धान कार्य भै रहेको प्रहरीले जनाएको छ ।