Loading... आजः ५ बैशाख २०८३, शनिबार । Saturday 18th April 2026
ताजा खबर
  

सुनैनाको अध्यक्षतामा क्यानको उम्मेदवारी घोषणा

काठमाडौं ।
आगामी मंसिर ७ गते हुन गईरहेको कम्प्यूटर एशोसिएन नेपाल (क्यान महासंघ) को १३ औं महाधिवेशनका लागि सुनैना घिमिरे पाण्डे नेतृत्वको उम्मेदवारको प्यानल घोषणा गरिएको छ । ३५ सदस्यीय क्यान महासंघको नेतृत्वका लागि अध्यक्षको उम्मेदारी घोषणा गरेकी सुनैना घिमिरे तीन दशकदेखि सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा काम गर्दै आईरहेकी कुशल महिला नेतृत्वका रुपमा चिनिन्छ ।

sunaina
नेकपा निकट मानिएका नवराज कुँवरको समूहले गत आईतबार डाईनिङ्ग पार्क रेष्टुरेण्टमा आफ्नो नेतृत्वमा उम्मेदवार घोषण गरेका थिए । शनिवबार इन्द्रेणी फुडल्याडमा सुनैना घिमिरेले सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा कार्यरत विज्ञ, पूर्व अध्यक्ष लगायतको उपस्थितिमा २१ बुँदे प्रतिवद्धता सहित आफ्नो टिमको घोषणा गरेकी हुन् । घोषणा सभामा पूर्व अध्यक्ष लोचनमान अमात्यले सुनैनाको टिम व्यवसायिक र उर्जावान व्यक्तिहरु बढी देखिएकाले यस्तो टिमले क्यानलाई माथि पु¥याउने भएकाले उम्मेदवार जितका लागि शुभकामना समेत दिएका थिए ।

वैकिङ्ग तथा सहकारीका लागि सफ्टवेयर निर्माण एकछत्र रहेको उमेश रघुवंशीदेखि नेपाल टेलिकममको विकास विशेष योगदान पु¥याएका इन्जिनियर वसन्त लिङथेप समेत सुनैनाको टिमबाट उम्मेदवारी दिएका छन् ।

महासंघको १३ महाधिवेशनका लागि सुनैना घिमिरे पाण्डेको नेतृत्वमा संस्थागत सदस्य तर्फ विश्वराम बलामी, अरुण वंशल, उमेश रघुवंशी, रंजित पौद्धार, बुद्धरत्न मानन्धर, सरिता सिहं कायस्थ, न्हुन्छे महर्जनले उम्मेदारी दिएका छन् ।

त्यसैगरी व्यक्तिगत सदस्य तर्फबाट रेगबहादुर भण्डारी, चन्द्रविलास भुर्तेल, गुणकेशरी प्रधान, डा श्रीधर मरासिनी, सुष्मा शर्मा, बसन्त लिङथेप, रुपेशभक्त श्रेष्ठको उम्मेदवारी घोषणा गरिएको छ ।

संस्थागत आजिवन सदस्य तर्प विक्रम सिंह, समिर प्रधान, अहमत खानले सुनैनाकै टिमबाट उम्मेदारी दिएका छन् भने व्यक्तिगत आजिवन सदस्य तर्फबाट हेमपाल श्रेष्ठ, सुमन लाल प्रधान र अमित अग्रवालले उम्मेदारी दिने भएका छन् ।

प्रदेशबाट उम्मेदवारी घोषणा गर्नेहरुमा ठाकुर श्रेष्ठ, भूपेन्द्र मैनाली, जितेन्द्र शाह, सरोजबाबु न्यौपाने, श्यामकल श्रेष्ठ, जयराम हुमागाई, जगनबहादुर गुरुङ्ग, कृष्ण पौडेल, पूर्णदेव अधिकारी, खेमराज ढुङ्गाना, मनोहर कुमार श्रेष्ठ छन् भने लेखासमितिका लागि केशव प्रसाद भट्टराई, राजु कट्टेल र नारायण बञ्जारा क्षेत्रीले टिमबाट उम्मेदवारी घोषणा गरेका छन् ।

घोषणा सभा निकै सरलदेखिए पनि उपस्थिति भने निकै नै वाक्लो थियो । सम्वन्धित क्षेत्रका विज्ञहरुको साथमा सुनैना घिमिरे पाण्डेको नेतृत्वको उम्मेदारी घोषणाले सुनैनाका पक्षमा लहर देखिएको छ ।

यस्ता छन सुनैना समूहको एजेण्डाहरु-

  • क्यान महासंघ अन्तर्गत केन्द्र तथा जिल्ला शाखाहरुमा रहेका विषयगत, संस्थागत तथा व्यक्तिगत सदस्यहरुको हक, अधिकार सुनिश्चित गर्न सबै प्रकारका सदस्यहरुको समान हैसियत स्थापना गर्न विधानलाई पूर्ण महासंघीय अवधारणा अनुरुप हुनेगरी आवश्यक संशोधन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने ।
  • क्यान महासंघको केन्द्र, प्रदेश र जिल्लाहरुलाई आर्थिक रुपमा सक्षम बनाउन आर्थिक स्रोतहरुको पहिचान गरी विभिन्न योजनाहरु तथा कार्यक्रमहरु संचालन गर्ने ।
  • सूचना तथा संचार प्रविधिको विकास, प्रवद्र्धन तथा आर्थिक समृद्धिको संवाहक बनाउनका लागि नेपाल सरकारका संघ, प्रदेश तथा स्थानीय सरकारी निकायसंग समन्वय गरी सो सम्बन्धि ऐन, कानून, नीति निर्माणमा सहयोग गर्ने ।
  • सूचना तथा संचार प्रविधिको विकासका लागि सरकारी निकायसंग समन्वय गरी राष्ट्रिय नीति निर्माणमा सहयोग गर्ने ।
  • सूचना तथा संचार प्रविधि सम्बन्धि उद्योगका र सेवाहरुलाई नेपाल सरकारको प्राथमिकता क्षेत्रका रुपमा सुचिकृत गर्न आवश्यक पहल गर्ने ।
  • सूचना तथा संचार प्रविधि सम्बन्धि पेशा, व्यवसाय, उद्योगका तथ्यांकहरु (क्ष्ऋत् क्ष्लमगकतचथ म्बतब) व्यवस्थित गरी साझा हक हितका लागि कार्य गर्ने वातावरण तयार गर्ने ।
  • आधुनिक नवीनतम प्रविधिको प्रयोग मार्फत क्यान महासंघका सबै सदस्यहरूको सदस्यताको विवरण, नवीकरण तथा प्रोफाइलिङको लागि अनलाईन पोर्टललाई व्यवस्थित गर्ने ।
  • क्यान महासंघमा आवद्ध भएका सबै नयाँ पुराना सदस्यहरुलाई सूचना प्रविधिले तय गरेका राष्ट्रिय तथा अन्तराष्ट्रिय अवसरहरूमा पहुँच प्रदान गर्ने तथा अग्रज सदस्यहरुलाई साथ लिएर यस संस्थाको गरिमालाई उच्च राख्न पहल गर्ने ।
  • क्यान महासंघले .शुरु गरेको महासंघको आफ्नै भवन निर्माणको अभियानलाई पूर्णता दिदै प्रदेश कार्यालयको तहसम्म सो अभियान शुरु गर्ने ।
  • क्यान महासंघलाई गैह्र राजनैतिक संस्थाको रुपमा सुरक्षित राख्दै सूचना प्रविधिको विषयमा छलफल, बहस र समस्या समाधान गर्ने पेशागत र व्यावसायिक संस्थाको रुपमा विकास गर्ने । साथै क्यान महासंघ र व्यवसायीहरुको वीचमा निरन्तर अन्तर सम्वाद गर्न ऋयलकगतिष्लन ल्यतष्अभ द्ययबचम स्थापना गर्ने ।
  • क्यान महासंघलाई सूचना तथा सञ्चार प्रविधिमा नेपालको एक मात्र सर्वोच्च संस्था (ब्उभह द्ययमथ) को रुपमा स्थापित गरी संस्थामा आवद्ध व्यावसायीहरुको व्यवसायलाई प्रबद्र्धन गर्ने, पेशागत हक, हित र व्यापारलाई सहजीकरण गर्न नेपाल सरकार र सम्बन्धित निकायहरुसंग आवश्यक समन्वय गर्ने ।
  • ब्क्इऋक्ष्इ, ध्क्ष्त्क्ब् तथा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरका सूचना तथा संचार प्रविधि सम्बन्धी संघ संगठनहरुसंगको सम्बन्धलाई थप प्रभावकारी बनाउनुका साथै समान उद्देश्य भएका अन्य संस्थाहरुसंग समन्वय गरी सूचना प्रविधिको क्षेत्रमा वैदेशिक लगानी भित्र्याउन पहल गर्ने । नेपाल सरकारले घोषणा गरेको ख्क्ष्क्क्ष्त् ल्भ्एब्ी द्दण्द्दण् लाई सूचना प्रविधि मैत्री बनाउन पर्यटन बोर्डसंग आवश्यक समन्वय गरी पूर्णरुपमा सफल पार्न सहयोग गर्ने ।
  • नयाँ उद्यमीलाई सूचना तथा संचार प्रविधि उद्योगमा स्थापित गर्न प्रोत्साहन गर्ने र उत्कृष्ट क्तबचतगउ कम्पनीहरूलाई प्रोत्साहन तथा सम्मानका कार्यक्रमहरु ल्याइने छ ।
  • नेपालमा सूचना तथा संचार प्रविधि शिक्षा, सफ्टवेयर तथा हार्डवेयर उद्योगलाई प्रवद्र्धन तथा संरक्षण गर्न औद्योगिक वातावरण सिर्जना गरी यस क्षेत्रमा सन् २०२४ सम्म ५ लाख सम्म रोजगारी बढाउन यथोचित भूमिका निर्वाह गर्ने ।
  • नेपालमा सूचना तथा संचार प्रविधिको विकास, विस्तार र यसलाई देश विकासको औजारको रुपमा व्यवस्थित गर्न सूचना प्रविधि बोर्ड (क्ष्ऋत् द्ययबचम) गठन गर्न पहल गर्ने ।
  • सूचना तथा संचार प्रविधि क्षेत्रका न्चबमगबतभ, प्राज्ञिक तथा पेशाकर्मीहरुको सीप, क्षमता र ज्ञानको उच्चतम तथा प्रभावकारी ढंगबाट परिचालनका लागि आईसिटी काउन्सील स्थापना गर्न आवश्यक भूमिका निर्वाह गर्ने ।
  • क्यान महासंघको केन्द्र, प्रदेश र जिल्ला शाखाहरुलाई आधुनिक प्रविधिमा स्तरोन्नती गर्दै स्मार्ट क्यान बनाउने । यसै क्रममा इलष्लिभ ख्यतष्लन को व्यवस्था, क्ष्त् म्ष्चभअतयचथ एयचतब िको संचालन, क्ष्ऋत् च्भकभबचअज बलम व्यगचलब िएयचतब िको संचालन साथै नेपाल सरकारको म्ष्नष्तब िल्भउब िँचबmभधयचप अभियान साकार पार्न क्यान महासंघ मार्फत् सक्रिय भूमिका निर्वाह गर्ने ।
  • विश्वबजारका प्रतिस्पर्धी सूचना तथा संचार प्रविधिका जनशक्ति तयार गर्न विश्वविद्यालय, अनुसन्धान केन्द्र तथा तालिम केन्द्रहरूसँग समन्वय गरी क्ष्लमगकतचथ र ब्अबमझथ बीचको खाडल घटाउन र व्यद च्भबमष्लभकक जनशक्ति तयार गर्न ँष्लष्कजष्लन क्अजयय िको अवधारणा सिर्जना गर्ने । साथै क्ष्ऋत् न्चबमगबतभ हरुका लागि क्ष्ऋत् व्यद एयचतब ितथा क्ष्लतभचलकजष्उ भ्हअजबलनभ एचयनचबm संचालन गर्ने ।
  • सूचना तथा संचार सम्बन्धी नवीनतम प्रविधिलाई प्रयोग गर्दै दीगो विकासको लक्षलाई कार्यान्वयन गर्नको लागि सहयोगीको भूमिका निर्वाह गर्ने ।