Loading... आजः १० बैशाख २०८३, बिहीबार । Thursday 23rd April 2026
ताजा खबर
  

लागुपदार्थ दुव्र्यसन विरुद्ध सचेतना अभियान

सुर्खेत ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं.१० स्थित राष्टिूय आधारभुत विद्यालयमा लागुपदार्थ दुव्र्यसन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सञ्चालन भएको छ ।
विद्यार्थीहरुलाई लागु औषधको विषयमा जानकारी दिई दुव्र्यसनमुक्त समाज निर्माणको गर्न यो कार्यक्रमको आयोजना गरिएको बताइएको छ । वीरेन्द्रनगर १० को वडा कार्यालयको आर्थिक सहयोगमा चन्द्रनगर युवा क्लवले सो कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा बोल्दै वडा नं.१० का वडा अध्यक्ष रत्न बहादुर बुढाले लागुपदार्थ दुव्यर्सनीलाई न्युनिकरण गर्नका लागि सचेतनामुलक कार्यक्रमको आयोजना गरिएको बताए ।

उनले वडामा रहेका टोल विकास संस्थाका पदाधिकारीहरु तथा विद्यालयका बालबालिकाहरुका लागि अभिमुखिकरण गरिएको जानकारी दिए । कार्यक्रममा सहजिकरण गर्दै वीरेन्द्रनगर नगरपालिकाका प्रशासकीय अधिकृत दिपेन सुवेदीले विद्यार्थी उमेरमा साथीहरुको गलत संगतमा फस्ने सम्भावना रहेको भन्दै अभिभावकहरु यसतर्फ सचेत हुनुपर्ने बताए ।

उनले हरेक विद्यालयहरुमा यस्ता सचेतनामुलक कार्यक्रमलाई अभियानकै रुपमा लानुपर्नेमा जोड दिए । कर्णाली प्रदेशका प्रहरी सहायक निरीक्षक निलकण्ठ ढकालले लागुपदार्थको दुव्र्यसनीबाट बच्न सकिने उपायहरुको बारेमा सहभागीहरुलाई जानकारी दिए ।
कार्यक्रममा चन्द्रनगर टोल विकास संस्थाका अध्यक्ष मनोहर आचार्यले वडा नं.१० लाई लागुपदार्थ दुव्र्सनमुक्त बनाउने अभियानमा आफुहरु निरन्तर लागिरहने प्रतिवद्धता जनाए । लागुपदार्थ दुव्र्यसनीले समाजमा नकारात्मक असर पार्ने भन्दै उनले यसको नियन्त्रणको लागि लागिपरेको बताए । अभियानको क्रममा वडाका विभिन्न विद्यालय तथा मदरसा विद्यालयमा समेत कार्यक्रम गरिने उनले बताए ।