Loading... आजः २९ श्रावण २०८३, शुक्रबार । Friday 14th August 2026

नवनियुक्त मन्त्रीहरुले लिए सपथ

काठमाडौं ।

नवनियुक्त मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् ।  बिहीबार बिहान करिब साँढे ११ बजेतिर नवनियुक्त ६ मन्त्री र ३ राज्यमन्त्रीले राष्टूपति कार्यालय शीतल निवासमा सपथ लिएका हुन् ।

मन्त्रीहरुले राष्टूपतिसमक्ष र राज्यमन्त्रीले प्रधानमन्त्रीसमक्ष सपथ लिएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार राती ६ मन्त्री र ३ राज्यमन्त्रीलाई हटाएर नयाँ नियुक्त गरेका थिए ।

सपथ लिने नवनियुक्त मन्त्रीमा हृदयेश त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासन, लेखराज भट्ट उद्योग वाणिज्य तथा आपूर्ति, रामेश्वर राय यादव श्रम रोजगार तथा सामाजिक सुरक्षा, घनश्याम भुसाल कृषि तथा पशुपन्छी विकास, पार्वत गुरुङ महिला बालबालिका तथा ज्येष्ठ नागरिक र बसन्तकुमार नेम्वाङ भैतिक पूर्वाधार तथा यातायात रहेका छन् ।