Loading... आजः ५ बैशाख २०८३, शनिबार । Saturday 18th April 2026
ताजा खबर
  

रोगजार दिन नसके समृद्धिको नारा सफल हुँदैन : राज्यमन्त्री

सुर्खेत ।
महासंघ कर्णाली नेपाल सरकारका स्वास्थ्य राज्यमन्त्री नवराज रावतले रोजगारी दिन नसके समृद्धिको नारा सफल हुन नसक्ने बताएका छन् । उनले नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशको आयोजनामा भएको पाँचौ उद्योग स्थापना दिवसको अवसरमा उनले यस्तो बताएका छन् । कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित भएका राज्यमन्त्री रावतले भने, ‘उद्योगको हिसावले पछिपरेको कर्णाली प्रदेशमा ठूला उद्योगहरु स्थापना हुन सकेका छैनन् । यस्तो अवस्थामा साना उद्योगले पनि कहिँ न कहिँ कतै न कतै रोजगारीको सिर्जना गरिरहेकाले उद्योग स्थापनाका लागि सरकारले लगानी गर्नसक्नु पर्छ ।’

कर्णाली प्रदेशका नेपाल घरेलु तथा साना उद्योगीहरुले पाँचौ वार्षिक उत्सव मनाएका छन् । वि.सं. १९९३ मंसिर ९ गते उद्योग परिषदको स्थापना भएकोले मंसिर ९ लाई उद्योग दिवसको रुपमा मनाउने गरिएको छ । २०७१ चैत्र २० मा उद्योग दिवस मनाउने मन्त्री परिषदको निर्णय गरेपछि उद्योग दिवस मनाउन थालिएको हो ।

उद्योगको प्रगतिका लागि उद्योगीहरु समेत सक्रिय भएर लाग्नु पर्ने बताउँदै स्थानीय उत्पादित बस्तु आफैले प्रयोग गर्ने र आवश्यकता भन्दा बढि उत्पादन गरेर निर्यात तर्फ ध्यान दिनुपर्ने उनको भनाई थियो ।


कार्यक्रममा उद्योगी हरिश्चन्द्र चलाउनेले शुभकामना मन्तव्य दिँदै भने, ‘उद्योगको विकास गर्नका लागि संकल्पका साथ अगाडि बढ्न जरुरी छ ।’ स्थानीय उत्पादनलाई जोड दिन नसकेको खण्डमा उद्योगीहरु धरासायी हुने भएकोले त्यसका लागि सम्पूर्ण स्थानीयहरुले समेत जोड दिनुपर्ने उनको भनाई थियो ।


यसैगरि नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशका अध्यक्ष चन्द्रबहादुर बिसीले बजार क्षेत्रमा प्रतिस्पर्धा गर्नका लागि गुणस्तरिय सामानको उत्पादनमा जोड दिनु पर्ने बताए । उनले भने, ‘नेपाल सरकारले एकद्वार प्रणालीबाट कर लिने वातावरण सिर्जना गर्न जरुरी छ ।’ उद्योग प्रवद्र्धनका लागि प्रदेश सरकारदेखि स्थानीय सरकारले समेत औधोगिग्रामको नीतिलाई कार्यान्वयन गरेर अगाडि बढ्नु पर्ने उनको भनाई थियो । उद्योगीको भावनाको कदर गर्न नसक्ने हो भने कर्णाली प्रदेशले समृद्धि प्राप्त गर्न नसक्ने उनको भनाई थियो ।


प्रदेश समिति सदस्य गोमा वलीले स्वागत गरेको उक्त कार्यक्रम कर्णाली प्रदेश अध्यक्ष चन्द्रबहादुर बिसीको अध्यक्षतामा भएको कार्यक्रममा उद्योगीहरुका विभिन्न निकायका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन कार्यालय प्रमुख मोहन सिं बुढाले गरेका थिए ।