Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

दुव्र्यसन सम्बन्धि अभिमुखीकरण तथा अन्तरक्रिया

सुर्खेत ।
दुव्र्यसन मुक्त समाज निर्माणको अभियान भन्ने नाराका साथ लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालयले विद्यालयहरुमा दुव्र्यसन सम्बन्धि अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रमहरु गर्न थालेको छ । वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ को सहयोगमा मंगलबार इन्टरनेशनल कोअपरेटिभ बोर्डिङ्ग स्कुल तथा बुधबार दुईवटा सेसनमा भैरव मावि भैरवस्थानमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ भने विहीबार छवि आधारभूत मावि र जेपी स्कुलमा भाेली अभिमुखीकरण गर्ने कार्यक्रम रहेको वडा नं. ४ का वडा सचिव इन्द्रप्रसाद अधिकारीले बताए ।


लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कर्णाली प्रदेशका ब्यूरो प्रमुख प्र.ना.नि. निलकण्ठ ढकालले अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रममा सहजीकरण गरेका छन् । विद्यार्थीहरुसँगको अन्तरक्रियामा प्र.ना.नि. ढकालले भने, ‘कुनैपनि प्राकृतिक, कृतिम, अर्ध कृतिम पदार्थहरु जसको प्रयोगले ब्यक्तिको केन्द्रिय स्नायु प्रणालीमा असर पु¥याउँदछ र उसको सामान्य व्यवहार, गतिविधिमा परिवर्तन ल्याउँदछ भने त्यस्ता पदार्थहरुलाई लागु पदार्थ भनिन्छ ।’ लागू औषध भन्नाले सेवन गर्ने मानिसमा भ्रम उत्तेजना र सिथिलता प्रदान गर्ने वस्तुहरु – जसलाई कानुनद्धारा सेवन गर्न, उत्पादन गर्न, भण्डारण गर्न, आयात निर्यात तथा विक्री वितरण गर्न पूर्ण रुपमा निषेध गरेको वस्तुलाई समेत बुुझाउँने उनको भनाई थियो ।

नेपालमा प्रायः गरेर गाँजा, चरेस, अफिम, तयारी अफिम, कोकाको झारपात तथा मिसाई बनेका अन्य पदार्थहरु लागुऔषधको रुपमा रहेका छन् भने त्यसैगरि सेतो हिरोइन, ब्राउन सुगर जस्ता पदार्थहरु रहेका छन् ।

लागु औषधको प्रयोग तथा कारोवार गर्ने जो कोहीलाई पनि कानून बमोजिम कारवाही हुने प्र.ना.नि. ढकालको भनाई थियो । गाँजा सेवन गरेमा १ महिना कैद र २ हजारसम्म जरिवाना, गाँजा खेती तथा उत्पादन तयारी खरिद, बिक्रि बितरण, निकासी वा पैठारी, ओसार पसार तथा संजय गरेमा परिमाण हेरि २ देखि १० वर्ष कैद र १५ हजारदेखि १ लाखसम्म जरिवाना, अफिम तथा सोबाट बनेका उत्पादन तयारी खरिद, बिक्रि बितरण, निकासी वा पैठारी, ओसार पसार तथा संजय गर्नेलाई परिणाम हेरि १५ वर्षदेखि जन्मकैद र ५ लाखदेखि २५ लाखसम्म जरिवाना हुने व्यवस्था छ । साथै कारोवारीहरुको सम्पत्ति जफतदेखि मतियारहरु समेतलाई कारवाही हुने कानूनी व्यवस्था छ भने त्यस्ता गलत कार्य गर्नेहरुको बारेमा प्रहरी वा सम्बन्धित निकायलाई जानकारी दिनेको नाम गोप्य राखी पुरस्कार दिने व्यवस्था समेत कानूनले गरेको छ ।

लागु पदार्थको सेवनले विभिन्न संक्रमणकालिन सरुवा रोगको सिकार हुने, चोरी, डकैती तथा लुटपाटमा संलग्न हुने, अपराधिक तथा बलात्कारको घटनामा संलग्नता हुने, कर्तव्य ज्यान जस्ता अपराधिक घटना घटाउन सक्ने, संगठित अपराधीक समूहसंग संलग्नता हुने, झुठो बोल्ने तथा ढाट्ने, सामाजिकरुपमा बहिस्कृत हुने जस्ता असरहरु पर्ने बारेमा सहभागीहरुलाई जानकारी गराइएको थियो ।

लागु औषध नियन्त्रणका लागि अभिभावकले आफ्ना छोरा छोरीहरुको उचितरेखदेख पु¥याउने, खराब ब्यक्ति को संगत गर्न नदिने, केटा केटी को दैनिक क्रियाकलाप मा ध्यान दिने, साथि संगति को कुप्रभावमा पर्न नदिने, राम्रो काममा लाग्न प्रेरणा दिने, छोरा छोरीले के काम गरेका छन ध्यान दिने, राम्रो काम को प्रसंसा गर्ने गलत गरे हप्किदप्कि गर्ने, लागु औषध बाट हुने हानी बारे साम्झाउने, आफु पनि बच्चा हरुको अगाडी अनावस्यक चिज सेवन नगर्ने जस्ता कार्यहरु गर्नु पर्ने प्र.ना.नि. ढकालले बताए ।

यसैगरि लागु औषध नियन्त्रणका लागि समाजले पनि विशेष भूमिका निर्वाह गर्न सक्ने पर्ने बताइएको थियो । विशेष गरि समाजले जनचेतनामूलक कार्यक्रम संचालन, दुव्र्यसन बाट बच्न प्रशिक्षण, बेरोजगार लाइ रोजगार दिन सिपमूलक तालिम संचालन, दुव्यर्सनबाट हुने बेफाइदा बारे सम्झाउने, समाजबाट लागु औषधको स्रोत निर्मुल पार्ने, दुव्र्यसनी भएमा अलग राख्ने व्यवस्था मिलाउने र सुधारात्मक उपचारको व्यवस्था मिलाउने लगायतका कार्यहरु गर्नु पर्ने बताइएको छ ।