Loading... आजः ६ बैशाख २०८३, आईतवार । Sunday 19th April 2026
ताजा खबर
  

अधिकारी सम्मानित

सुर्खेत ।
कर्णाली वाङ्मय प्रतिष्ठान गुर्भाकोट सुर्खेतले कर्णाली साहित्य समाजका अध्यक्ष खगेन्द्र अधिकारी अमृतलाई सम्मान गरेको छ । विगत लामो समयदेखि नेपाली भाषा साहित्य संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनमा विशेष योगदान दिएको भन्दै प्रतिष्ठानले अधिकारीलाई सम्मान गरेको संस्थाका अध्यक्ष सीता यरीले बताउनु भयो ।


दुरविनको विमोचन तथा बृहत काव्य गोष्ठीको अवसरमा प्रमुख अतिथि कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले अधिकारीलाई सम्मान गर्नुभएको थियो ।


अधिकारी विभिन्न एक दर्जन बढि साहित्यिक संघसंस्थामा आवद्ध हुनुहुन्छ । साहित्य तथा पत्रकारिताका क्षेत्रमा कलम चलाउँदै आउनु भएका अधिकारीका चार वटा कृति समेत प्रकाशित छन् ।

कर्णाली वाङ्मय प्रतिष्ठान स्थापनाको छोटो अवधिमै विविध कार्यहरु गर्दै आएको सुर्खेतको सक्रिय साहित्यिक संस्था हो ।