Loading... आजः २३ असार २०८३, मंगलवार । Tuesday 7th July 2026
ताजा खबर
  

कर्णालीकै सर्वाधिक राशिको पुरस्कार भोलि वितरण हुँदै

सुर्खेत ।
कर्णाली साहित्य समाजले स्थापना गरेको कर्णालीकै सर्वाधिक राशिको पुरस्कार भोलि वितरण हुने भएको छ । होटल बुलबुले भ्यूको सभाहलमा एक भव्य समारोहका बीच पुरस्कार तथा सम्मान वितरण गर्न लागेको संस्थाका सचिव सरस्वती पन्तले जानकारी दिइन । २०७५ सालमा प्रकाशित भएका साहित्यिक कृतिहरु मध्ये महेश थापाको कथाकृति ‘मरीचिका’ लाई नगद रु ५० हजार राशिको ‘कर्णाली साहित्य समाज कृति पुरस्कार’ हस्तान्तरण गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

यसैगरि कालिकोटका स््रष्टा बुद्धिसागरलाई २५ हजार नगद राशिको ‘कर्णाली साहित्य समाज प्रतिभा पुरस्कार’ प्रदान गरिने छ भने दैलेख स्रष्टा श्यामल अधिकारीलाई ताम्रपत्रसहितको ‘कर्णाली साहित्य समाज साधना सम्मान’ प्रदान गर्न लागिएको छ ।

संस्थाका संरक्षक कथाकार महेशविक्रम शाहको प्रमुख आतिथ्यतामा हुने सम्मान तथा पुरस्कार अर्पण कार्यक्रममा सुर्खेत लगायत कर्णाली प्रदेशका सबै जिल्लाका स्रष्टाहरुसहित बाँके, बर्दिया, कैलाली, अछाम, दाङ, रोल्पा, बैतडी लगायतका जिल्लाहरुका स्रष्टाहरुको उपस्थिति हुने कर्णाली साहित्य समाजले जनाएको छ ।