Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

लागु औषध विरुद्ध प्रहरीको अभियान

कृष्णप्रसाद अधिकारी

पौष १५ दैलेख ।

लागु औषध तथा लागुपदार्थको कारोबार बढदै गएको भन्दै भगवतिमाई गाउँपालिकामा रहेको प्रहरी चौकीले लागु पदार्थ रोक्न विद्यालय तह बाटै अभियान चलाएको छ । पुस १० गते देखी सुरु भएको कार्यक्रम एक हप्ता सम्म भगवतीमाई गाउँपालिका भित्र रहेका विद्यालयमा गर्दे आएको छ, विद्यालय तह बाटनै लागुऔषध नियनत्रण सम्बन्धी चेतना दिन सके लागु औषध तथा लागुपदार्थलाई केही मात्रामा रोकथाम गर्ने सकिने भएकाले आफुहरुले विद्यार्थीको पढाई प्रभावित नहुने गरी यस्ता कार्यक्रम विद्यालयमा तथा विद्यालयका विद्यार्थी लगाएत आम जनसमुदाय पहुच हुने स्थानमा कार्यक्रम गर्ने गरेको प्रहरी चौकी बेस्तडाका प्रहरी निरिक्षक मनोज कडेलले जानकारी दिए ।

सोमबार प्रहरी चौकी बेस्तडाले सञ्चालन गरेको समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत भगवतिमाई गाँउपालिका वडान ४ को कालिका माध्यमिक बिद्यालय डौरी मन्घरमा लागू औषध दृव्यसनि नियन्त्रण सम्बन्धि सचेतना मुलक सम्पन्न गरेको छ । प्रहरी साझेदारी कार्यक्रमा अनर्तगत संचालन भएको यो कार्यक्रम नियमित रुपमा प्रत्येक दिन गर्दै आएको र यस गाउँपालिका अनरर्गतका केही ठाउँमा कार्यक्रम भइनै रहेको र केही ठाउँमा निरन्तर कार्यक्रम गर्ने निरिक्षक कडेलले बताएका छन् ।

प्रहरीले संचालन गर्दै आएको यस कार्यक्रममा लागू औषध के हो ? यसले मानव जिवनमा के कस्तो असर पार्छ, यसको कानुनि ब्यबस्था, यसको नियन्त्रण सम्बन्धी, गर्ने के कस्ता प्रयास भएका छन् विषयमा प्रकाश पार्ने गरेको प्रहरी चौकी बेस्तडाले जनाएको छ । प्रहरीका अनुुसार गाउँ घरमा यसको अबैधानीक प्रयोग भई रहेको जानकारी पाउन साथ प्रहरीलाई कसरी जानकारी दिने भन्ने कुरा सिकाइको छ । सोमबार भएको कार्यक्रमा दैलेख जिल्ला भगवतिमाई गाउँपालिका वडा न. ४ मा जन्मिएकी हाल नेपाली सेनामा कारेरत चन्द्रकला थापाले शार्क राष्ट्र अन्तरर्गतको १३ आँै साखको कराँतेमा काँस्य पदक जितेको र उनि कालिका माध्यामिक विद्यालयकी छात्रा समेत रहेकोले विद्यालयले उनलाई मायाकोचिनो र पञ्चेबाजा सहित सम्मान गरिएको थियो । बालबालिकाको क्षेत्रमा काम गर्दै आएको एकता फाण्डेसन नेपालका कार्यक्रम अधिकृत जनकप्रसाद अधिकारीले बालबिवाह, बाल दुब्यवाहार ,बाल शंरक्षण के हो, लागू अ‍ौषध नियन्त्रणमा प्रहरी एक्लै लागेर मात्र नहुने भएकाले सबै पक्ष बाट यसको नियन्त्रण गर्न पहल गर्नु पर्ने कुरामा जोड दिए ।