Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

विकासलाई पारदर्शी र प्रभावकारी बनाऊ : राज्यमन्त्री रावत

सुर्खेत ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले विकास निर्माणलाई पारदर्शी र प्रभावकारी बनाउनुपर्ने बताएका छन् । संघीय संरचना अनुरुप अधिकार र बजेट स्थानीय तहमा आएको भन्दै त्यसको पारदर्शी एवं प्रभावकारी ढंगले कामगर्नुपर्ने बताएका हुन् ।

मंगलबार वीरेन्द्रनगरमा आयोजित जिल्ला समन्वय समितिको तेस्रो जिल्ला सभाको उद्घाटन पछि बोल्दै राज्यमन्त्री रावतले विकास कालागि अब केन्द्र सरकारको मुख ताक्नुपर्ने अवस्था नरहेको बताए । संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारलाई बजेट र अधिकार भएकाले अब केन्द्र सरकारले मात्रै के ग¥यो भनेर वस्ने दिनन भएको राज्यमन्त्री रावतको भनाइ छ । ‘अहिले तीनतहका सरकारसंग बजेट र अधिकार छ’ जिल्लासभाका सदस्यका रुपमाउपस्थित स्थानीय सरकारका प्रमुख उपप्रमुखहरुलाई इंगितगर्दै उनले भने,‘अब केन्द्र सरकारले के ग¥यो भन्ने मात्रै होइनकी हामीले के ग¥यौँ भनेर हेर्न आवश्यक छ ।’

जिल्ला समन्वय समितिका संयोजक छविलाल सिग्द्धेलले जिल्ला समन्व समितिलाई निर्वाचितभएको तीनबर्ष पुगिसक्दा पनि काम, कर्तव्य र अधिकारबारे प्रष्ट नभएकोले भूमिकाविहिनभएको बताए । उनले आगामीदिनमा समितिले स्थानीयतहले सञ्चालनगर्ने ५० लाखभन्दा माथिका योजनाको स्थानीय तहहरुसंग समन्वयगरी अनुगमनगर्ने बताए । हाल समितिले स्थानीयतहहरु र प्रशासनिक निकायबीच समन्वयको काम गरिरहेको संयोजक सिग्द्धेलले बताए ।

कार्यक्रममा प्रदेशसभा सदस्य राजु नेपाली, सीता नेपाली, पद्मा खड्का, ठम्मर बिष्ट, अमृता शाहीलगायतले जिल्ला समन्वय समितिलाई आवश्यक भूमिका दिनुपर्नेमा जोड दिएका थिए ।