Loading... आजः १३ असार २०८३, शनिबार । Saturday 27th June 2026
ताजा खबर
  

कोहलपुरमा तेस्रो प्रादेशिक, प्रविधि प्रदर्शनी एवं पर्यटन महोत्सव सुरु

दिपेन्द्र हमाल,

(कोहलपुर) बाँके। जिल्लाको कोहलपुरमा तेस्रो प्रादेशिक औधोगिक, लघु, घरेलु, कृषि तथा प्रविधि प्रदर्शनी, व्यापार एवं पर्यटन महोत्सव २०७६ सुरु भएको छ। उक्त महोत्सवको सम्राट सिमेन्ट कम्पनी प्रा.लि., दाङ मुख्य प्रायोजक रहेको छ।

 

पुस २४ गते बिहीबारदेखि सुरु भएको महोत्सव आउँदो माघ ५ सम्म चल्ने आयोजकले जानकारी दिएको छ। महोत्सवको पहिलो दिन हात्तीसहितको र्याली कोहलपुर बजार परिक्रमा गरेर उद्घाटन गरिएको छ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ ५ नं. प्रदेश समिति, बुटवल र जिल्ला समिति बाँकेको आयोजना तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगरपालिका नगर समिति र महिला उद्यमी समिति कोहलपुर, बाँकेको संयुक्त मुख्य आयोजनामा गर्न लागिएको महोत्सवमा व्यापार प्रवर्धनका साथै ख्याति प्राप्त कलाकारहरुको जोडदार प्रस्तुती रहनेछ।

  

कर्णाली सन्देशबाट