Loading... आजः ६ बैशाख २०८३, आईतवार । Sunday 19th April 2026
ताजा खबर
  

प्रधानमन्त्री केपी शर्मा वलीलाई ध्यानार्कषण पत्र

सुर्खेत । मानव अधिकार तथा शान्ति समाज सुर्खेतले प्रधानमन्त्री केपी शर्मा वलीलाई ध्यानार्कषण पत्र बुझाएको छ । समाजले मंगलवार जिल्ला प्रशासन कार्यालय सुर्खेत मार्फत प्रधानमन्त्रीलाई ध्यानार्कषण पत्र बुझाएको हो ।

केही महिना अघि भारतले प्रकाशन गरेको राजनीतिक नक्सामा नेपाली भुभाग लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समावेश गरेको घटनाप्रति नेपालको सार्वभौमसत्ता माथि प्रहार गरेको भन्दै समाजले देशव्यापीरुपमा अभियान चलाएको समाजका जिल्ला सभापती योगेन्द्र शाहीले बताए ।

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भुभागबाट भारतीय सेना फिर्ता गरी भारतले प्रकाशन गरेको राजनीतिक नक्सालाई तत्काल सच्याइनुपर्ने समाजले बुझाएको ध्यानार्कषण पत्रमा उल्लेख गरिएको छ । यो समस्याको समाधानका लागि कुटनीतिक, राजनीतिक र सरकारी स्तरबाट भारतीय प्रधानमन्त्री संग व्यापक छलफल गर्न प्रधानमन्त्रीलाई आग्रह गरिएको छ । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले समाजले बुझाएको ज्ञापनपत्रलाई प्रधानमन्त्री सम्म पु¥याउने बताए ।