Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

सेनेटरी प्याड वितरण

सुर्खेत ।

 बराहताल गाउँपालिकाको वडा नं. ७ मा रहेको नेपाल राष्ट्रिय मावि नयाँवनमा सेनेटरी प्याड वितरण गरिएको छ । विद्यालयहरुमा पहिलो पल्ट वडा स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिको आर्थिक सहयोगमा विद्यालयमा सेनिटरि प्याड वितरण गरिएको हो । प्याड वितरण कार्यक्रममा बोल्दै वडाअध्यक्ष कुल बहादुर बुचामगरले विद्यार्थीहरुको भविष्य राम्रो बनाउनको लागि विभिन्न सरोकारवालाहरुले विशेष भूमिका खेल्ने बताए ।

सरकारी तथा गैरसरकारी संस्थाहरु सँगको सहकार्यले सरसफाई सँगै खानेपानी र विद्यार्थीहरुको उचित शिक्षा प्राप्तिको कार्यक्रम सफल हुने उनको भनाई थियो । यस्तै एन्फोका सामाजिक परिचालन खेम प्रसाद शर्माले छाउपडी न्युनिकरण गर्नका लागि र विद्यालयमा उपस्थिति गराउनका लागि यो अभियानको सुरुवात गरेको बताए ।

यस्तै विद्यालयका शिक्षिका कृषा मिजारले विद्यालय तथा अभिभावकहरुको सहकार्य गर्नका लागि अनुरोध गरिन् । उनले विद्यार्थीहरुबाटै १० रुपैया उठाएर सेनेटरि प्याटको प्रयोग गर्न सक्ने वातावरण सृजना गर्नको लागि यस्तो खालको अभियानको सुरुवात गरेको जानकारी गराइन ।
विद्यालयका ६० जना छात्राहरुलाई प्याड वितरण गरिएको थियो । विद्यालय व्यवस्थापक समितिका सदस्य बेलमति गिरिको अध्यक्षतामा सम्पन्न भएको
थियो ।