Loading... आजः ६ बैशाख २०८३, आईतवार । Sunday 19th April 2026
ताजा खबर
  

माटोको ढिस्कोमा पुरिएर सासु–बुहारीकाे ज्यान गयाे

जुम्लामा माटोको ढिस्कोमा पुरिएर एकै घरका सासु–बुहारीको ज्यान गएकाे छ ।

चन्दननाथ नगरपालिका–४ स्थित दुनीखोलामा घर लिप्ने माटो खन्न गएका सासु–बुहारीको ढिस्कोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

मृत्यु हुनेमा चन्दननाथ नगरपालिका–४ सिंगाचौरका ५५ वर्षीया नाक्चे सुनार(सासु) र २४ वर्षीया स्यानुमाया सुनार (बुहारी) रहेको प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिए।

सोही ठाउँमा माटो ल्याउनका लागि गएकी गुठीचौरु गाउँपालिका ५ की  नवीना ऐडी चन्दननाथ नगरपालिका चारकै  पन्चकन्या सुनार घाइते भएका  छन्।   घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।