समस्या पहिचान र कार्ययोजना निमार्ण कार्यशाला सम्पन्न
सुर्खेत ।
वास्तविक कृषकहरुको पहिचान तथा बर्गीकरण गरी उनीहरुलाई कृषक परिचय पत्र दिनुपर्ने एक कार्यक्रममा जोड दिईएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले शुक्रवार लेकवेशी नपामा आोजना गरेको समस्या पहिचान र कार्ययोजना निमार्ण कार्यशालामा सहभागीहरुले सो कुरामा जोड दिएका हुन ।
सहभागीहरुले कर्णाली प्रदेश सरकारले यहाँका कृषकहरुलाई अर्गानि कमल बनाउने सीप नसिकार्ई अर्गानिक प्रदेश घोषणा गरेसँगै रासायनिक मल बन्द गरेपछि उत्पादनमा ह्रास आएको हुँदा प्रदेश सरकारले तत्काल अर्गानिक मल उत्पादन सीपको लागि पहल गर्नुपर्ने उल्लेख गरेका थिए ।
कार्यक्रममा लेकवेशीनपामा रहेका स्वास्थ्यचौकीहरुमा प्रयाप्त मात्रामा औषधी नभएको, एम्बुलेन्स सेवा नभएको, रेविज लगायतका रोगहरुको खोप सेवा नहुनु, स्वास्थ्यचौकीमै सेनेटरी प्याडको व्यवस्थान गरिएको तथा बर्षादेखि उपभोग गर्दै आएको जग्गाको लालपुर्जा नदिइएको जस्ता समस्याहरु पहिचान गरिएको थियो ।
यस्तै आधारभुततह सम्मको शिक्षा निशुल्क र अनिवार्य भनिए पनि व्यवहारमा लागु नभएको, आधारभुत तहका बालबालिकाहरुलाई नगरपालिकाले दिवा खाजाको व्यवस्थान गरेको र आवश्यक शिक्षक दरबन्दी अनुरुपको पदपुर्ति नभएको सहभागीले समस्या पहिचान गरेका थिए ।
इन्सेकप्रदेश कार्यालय काकार्यक्रम संयोजक डिलबहादुर चौधरीले कार्यक्रमको उद्देश्य माथि प्रकाशपार्दै मानवअधिकार के हो, मानवअधिकारको विकासक्रम, मानवअधिकार उलंघन र ज्यादतिमा फरक बारेमा सहजीकरण गरेका थिए । मानवअधिकार समुहका अध्यक्ष निरुकुमारी थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समुहका सदस्य, नागरिक समाज, कृषक, नागरिक संस्थाका प्रतिनिधी, विद्यार्थी र सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
यसै बीच इन्सेक सुर्खेतको आयोजनामा माघ २३ गते लेकवेशी नपामा खाद्य अधिकार विषयक अन्तरक्रिया सम्पन्नभयो । मानवअधिकार समुहका अध्यक्ष निरु कुमारी थापाको अध्यक्षता तथा लेकवेशी नपाका उपप्रमुख शान्तिकुमारी छन्तेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपप्रमुख छन्तेलले नगरवासीहरुलाई स्वच्छ, गुणस्तरीय र पोषणयुक्त खानाको व्यवस्थापन गर्न नगरपालिकाप्रतिबद्ध रहेको बताउनुभयो ।






