Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

समस्या पहिचान तथा कार्ययोजना निमार्ण कार्यशाला सम्पन्न

सुर्खेत ।

वीरेन्द्रनगर नपाका सामुदायिक विद्यालयतथा सौचालय अपाङ्गमैत्री निमार्ण गरिनु पर्ने कुरामा जोड दिईएको छ ।
इन्सेक कर्णालीप्रदेश कार्यालय सुर्खेतले सोमबार वीरेन्द्रनगरमा आयोजना गरेको समस्या पहिचान तथा कार्ययोजना निमार्ण कार्यशालाका सहभागीहरुले सो कुरामा जोड दिएका हुन् ।

सहभागीहरुले कर्णाली प्रदेश सरकारको राजधानीको रुपमा रहेको बीरेन्द्रनगर बजारमा प्रभावकारी अनुगमन नहुँदा आखाद्य बस्तु तथा मिसावट गरिएका खाद्यवस्तुहरु बिक्रीबितरण भैइहेको औंल्याएका थिए ।

उनीहरुले मापडण्ड विपरितका सामानहरु बिक्रीबितरण भैरहेको, छाडा गाईबस्तु व्यवस्थित नगरिएको, अटो रिक्साले मनोमानी रुपमा भाडालिने गरेको र निमार्ण सामाग्रीहरु बीच सडकमै राखिदा दुर्घटना बढेको समस्या पहिचान गरेका थिए । यस्तै वीरेन्द्रनगर नपा भित्र रहेका स्वास्थ्य संस्थाहरुबाट निशुल्क औषधी र उपचार नगरिएको, स्वास्थ्यकर्मीहरुको व्यवहार बिरामी मैत्री नभएको, गर्भवती महिला तथा जेष्ठ नागरिकहरुलाई सहज रुपमा उपचार सेवान दिइएको र नीजि स्वास्थ्य संस्थाहरुबाट प्रतिबन्धित औषधीहरु बिक्रीवितरण गरेको पाईएको जस्ता समस्या पहिचान गरिएको जिल्ला सहजकर्ता बिन्दुलाल रेग्मीले बताए ।

मानवअधिकार समुह वीरेन्द्रनगरका अध्यक्ष लक्ष्मी शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समुहका सदस्यहरु, युवा तथा बालक्ल्वका प्रतिनिधी अधिकारकर्मी, कृषक समुहका प्रतिनिधी र सरोकारवालाहरुको सहभागिता रहेको थियो । इन्सेक प्रदेश कार्यालय काकार्यक्रम संयोजक डिलबहादुर चौधरीले कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेका थिए ।