सेनाको गाडी खस्दा एकको मृत्यु, ६ घाइते
सुर्खेत, २९ माघ ।
सल्यानको कपुरकोट ३ चोरखालामा नेपाली सेनाको ट्रक दुर्घटना भएको छ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवत्ता उमाकान्त जोशीका अनुसार दुर्घटनामा परि जमदार यादवप्रसाद घरेलको मृत्यु भएको ।
दुर्घटनामा परी मेजर ईश्वर सिलवाल, सिपाहीहरू विशाल गुरुङ, रेशम हिटन मगर, विपिन श्रेष्ठ, हवल्दारद्वय जय प्रकाश बोहरा र मोहन थापासहित ६ जना गम्भीर घाइते भएका छन्। घाइतेलाई उपचारका लागि काठमाण्डौ लगिएको छ । गाडीमा ७ जनामात्रै सवार रहेको प्रहरीले बताएको छ । हाल घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
सल्यानको सवुज गणबाट बुटवलतर्फ हातहतियार र विष्फोटक प्रदार्थ लगेर जाँदै गरेको लु १ ग १२३ नम्बरको ट्रक बुधबार दिउँसो साढे ४ बजेतिर दुर्घटनामा परेको हो ।
कपुरकोट गाउँपालिका वडा नम्बर ३ चोरखोलामा ट्रक झन्डै ५ सय मिटर तल खसेको छ ।घाइतेलाई बाहिर लैजान भर्खरै नेपाली सेनाको हेलिकप्टर दाङको तुलसीपुरमा आएको छ । तीव्र गतिका कारण उक्त दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ ।







