Loading... आजः ८ भाद्र २०८३, सोमबार । Monday 24th August 2026

फोर्स गाडिको ठक्करबाट एकको मृत्यु

सुर्खेत ।
जिल्लाको भेरिगङ्गा नगरपालिका वडा नम्बर १२ छिन्चुमा फोर्स गाडिको ठक्करबाट एकको मृत्यु भएको छ ।
मंगलबार राती करिब साढे ८ बजे फोर्स गाडिको ठक्करबाट गम्भिर घाइते बनेका भेरिगङ्गा नगरपालिका वडा नम्बर ४ का अन्दाजी ३२/३३ बर्षका राजु बोहोराको मृत्यु भएको हाे ।

भे ४ प ६३३८ नम्बरको मोटरसाइकल रोकेर हिड्ने क्रममा सोही दिशा तर्फ पछाडीबाट आइरहेको काँक्रेविहार यातायात प्रा.लि.को बा ३ ख ६३५२ नम्बरको फोर्स गाडीले ठक्कर दिँदा गम्भीर घाइते बनेका बोहोराको उपचारको लागि नेपालगन्ज लैजादै गर्दा बाटोमै मृत्यु भएको अस्थाई ट्राफिक प्रहरी पोस्ट छिन्चुले जानकारी दिएको छ ।

मृतकका आफन्तहरुले क्षतीपुर्तिको माग गर्दै अहिले छिन्चु बजारका सम्पुर्ण पसलहरु बन्द गरि बजारका विभिन्न स्थानहरुमा टाएर बालेर आन्दोलनमा उत्रिएका छन भने छोटा तथा लामा दुरिका कुनै पनि यातायातका साधन चलेका छैनन् ।


गाडीलाई मसिनाको जङ्गलमा छोडी गाडि चालक र साउ फरार रहेको र उनीहरुको तिब्र रुपले खोजी भैरहेको इलाका प्रहरी कार्यालय छिन्चुले जानकारी दिएको छ ।

नेपाल दर्शन