Loading... आजः ६ बैशाख २०८३, आईतवार । Sunday 19th April 2026
ताजा खबर
  

कर्णालीमा मदन भण्डारी फाउण्डेशन गठन

सुर्खेत ।

कर्णालीमा प्रदेश स्तरिय मदन भण्डारी फाउण्डेशन गठन गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दैलेखका अध्यक्ष रविन्द्र राज शर्माको अध्यक्षतामा २९ सदस्यीय फाउण्डेशन गठन गरिएको हो । समितिको सचिवमा सुर्खेतका कूलमणि देवकोटा रहेका छन् । अध्यक्ष शर्मा दैलेखको क्षेत्र नम्बर १ का सांसद हुन । समितिको सदस्यमा नन्दसिंह बुढा, मिना रखाल, दानसिंह परियार, कौशिला खत्री, रत्न प्रसाद न्यौपाने, गोविन्द पुन, चन्द्र प्रकाश घर्ती, मोहनमाया ढकाल, गोकुल बुढा, दल फडेरा, शेरबहादुर बुढा, टेकेन्द्र कुमार बस्नेत, छेजुङ लामा, तेज बहादुर चन्द र मेनका पछाईलगायत रहेका छन ।

जननेता मदन भण्डारीले अघि सारेको विचार र मान्यताहरुको अध्ययन, अनुसन्धान विकास तथा तिनको कार्यान्वयन गर्दे सामाजिक विकास गर्ने उदेश्यले प्रदेशमा पहिलो पटक गठन गरिएको फाउण्डेशनका पदाधिकारी तथा सदस्यहरुले बिहीबार सपथ समेत लिएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवम पूर्व सांसद लक्ष्मी पोखरेलले एक कार्यक्रमका बीच सपथ गराएका हुन । सपथ ग्रहण समारोहलाई संबोधन गर्र्दै केन्द्रीय सदस्य पोखरेलले जननेता मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवादको सिद्धान्तलाई मार्ग दर्शन बनाएर फाउण्डेशनले आफ्ना गतिविधि अघि सार्नु पर्ने बताए ।

यसैबीच फाउण्डेशनको पहिलो बैठकले विभिन्न ७ वटा निर्णय गरेको छ । जस अन्र्तगत सचिव कूलमणि देवकोटालाई कार्यालय संचालनको जिम्मेवारी दिइएको छ भने फाउण्डेशनको समन्वय र विस्तारको लागि दैलेखमा तेजबहादुर चन्द, सूर्यबहादुर शाही र मिना रखाल, कालीकोटमा दक्षिणा शाही, जुम्लामा शान्तिलाल महत, मुगुमा दानसिंह परियार, हुम्लामा दलफडेरा, डोल्पामा शेरबहादुर बुढा, रुकुमका ऋषि शर्मा, सल्यानमा गोविन्द पुन र सुर्खेतमा टेकेन्द्र कुमार बस्नेत र मोहनमाया ढकाललाई जिम्मेवारी दिइएको छ । बैठकले फागुन मसान्तसम्म कर्णाली प्रदेशका दश वटै जिल्लामा फाउण्डेशको गठन र पुर्नगठन गर्ने, चैत्र मसान्तसम्म स्थानीयतहहरुमा कमिटी गठन गर्ने र आगामी जेठको पहिला साता प्रदेशस्तरीय भेला गर्ने निर्णय गरिएको सचिव देवकोटाले जानकारी दिए ।