Loading... आजः १३ बैशाख २०८३, आईतवार । Sunday 26th April 2026
ताजा खबर
  

सेनिटरी प्याड वितरण

सुर्खेत ।
सूर्यज्योती माध्यामिक विद्यालय बराहताल गाऊँपालिका लामाखालीले छात्राहरुलाई सेनिटरी प्याड वितरण गरेको छ । विद्यालय स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिको आयोजनामा विद्यालयमा सेनिटरी प्याड वितरण गरिएको बताइएको छ ।

वडा स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति र बराहताल गाउँपालिका वडा नं. ७ को आर्थिक सहयोगमा प्याड वितरण गरिएको विद्यालयका प्रधानाध्यापक डम्बर बहादुर सारुले जानकारी दिए ।


प्याड वितरणका लागि खानेपानी, सरसफाइ तथा स्वच्छता दिगो विकास लक्ष्य परियोजना प्राविधिक र समन्वयात्मक सहयोग गरेको थियो । प्याड वितरणबाट विद्यायलका किशोरी विद्यार्थीहरु लगायत महिला शिक्षिकाहरु लाभान्वित भएका छन् ।


कार्यक्रममा वडासदस्य देवी वि. क. ले वडाका सबै आमा समुहका महिला सदस्यहरुले अनिर्वाय रुपमा प्याड प्रयोग गर्नु पर्ने नियम लागु गर्ने साथै आमा समुहमा आवद्ध महिला सदस्यहरुले केही सहुलियत दरमा प्याड प्रयोग गर्न पाउने व्यवस्था मिलाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा वडा सदस्य एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर सार्कीको समेत उपस्थिति रहेको थियो ।