Loading... आजः १४ बैशाख २०८३, सोमबार । Monday 27th April 2026
ताजा खबर
  

सहकारी शिक्षा सम्बन्धि तालीम सुरु

सुर्खेत ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सहकारी शिक्षा सम्बन्धि दुई दिवसिय तालीम सुरु भएको छ ।

भुमि ब्यवस्था,कृषि तथा सहकारी मन्त्रालयको सभाहलमा बिहिवारदेखि सुरु भएको तालीमको मन्त्री बिमला केसिले उद्घाटन गर्दै तालिमले सहकारी दर्ता,दर्ता पछि संचालन लगायतका विषयमा काम गर्नेबारे सिक्न अवसर प्रदान गर्ने अपेक्षा गरिन ।

उनले सहकारी सम्बन्धि तालीमबाट लिएको शिक्षा जीवन व्यबहारमा लागु गर्नुपर्नेमा जोड दिइन । यो तालिमले उधमिहरुलाई आत्मनिर्भर बन्न प्रेरित गर्ने बताउदै मन्त्री केसिले तालिम लिएर जानेहरुले केहि न केही उद्यम गर्नु पर्ने बताइन ।

कार्यक्रममा बोल्दै मन्त्रालयका सचीव राजेन्द्र प्रसाद भारीले तालिमपछि उद्धम गर्न तालीममा सहभागीलाई आग्रह गरे ।

प्रदेश सहकारी रजिस्ट्रारको कार्यलयले आयोजना गरेको तालीममा ३२ जना महिला र ३ जना पुरुष गरि ३५ जन सहभागी छन ।