Loading... आजः १२ बैशाख २०८३, शनिबार । Saturday 25th April 2026
ताजा खबर
  

श्रम स्वीकृती स्थगित

सुर्खेत ।

सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति पुनःस्थगित गरेको छ । चीनबाट फैलिएको कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणको विरुद्ध उच्च सतर्कता अपनाउँदै प्रधानमन्त्री तथा मन्त्रीपरिषदले २९ गते गरेको निर्णय अनुसार वैदेशिक रोजगारका लागि दिइने श्रम स्वीकृत र पुनः श्रमस्वीकृति (संस्थागत र व्यक्तिगत) स्थगित गरिएको हो ।

श्रम तथा रोजगार कार्यालय सुर्खेतकी निमित्त वरिष्ठ श्रम अधिकृत सुनिता कुमारी दर्लामीका अनुसार फागुन २८ गते कतारका र २९ गते कुवेतको लागि बन्द गरिएको थियो । शुक्रवार देखि देशभरीका श्रम तथा रोजगार स्वीकृत कार्यालयमा स्वीकृत बन्द गरिएको कार्यालयले जनाएको छ ।