Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

कमेडी च्याम्पियनको विजेता पन्त

सु्र्खेत ।

कमेडियन हिमेश पन्त कमेडी च्याम्पियन सिजन १ को विजेता बनेका छन् । उनी धादिङका हुन् । शनिबार च्यासलस्थित कमेडी च्याम्पियनको स्टुडियोमा भएको ‘ग्रान्ड फिनाले’ बाट उनी विजेता बनेका हुन् । सबैभन्दा बढी भोट ल्याएर कमेडी च्याम्पियनको विजेता बनेका पन्तले २५ लाख रुपैयाँ पाएका छन् ।
ग्रान्ड फिनालेमा उनीसँगै सुमन कोइराला र खड्गबहादुर पुन पुगेका थिए। आयोजकका अनुसार तीनै जना वर्ल्ड टुरमा समेत जानेछन् ।
ग्रान्ड फिनालेमा महजोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) प्रमुख अतिथि थिए।
‘कमेडी च्याम्पियन’मा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा निर्णायक थिए ।