Loading... आजः ७ बैशाख २०८१, शुक्रबार । Friday 19th April 2024

कोरना सम्बन्धि सचेतना

सुर्खेत ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू ) मा कोरना भाइरस सम्बन्धि सचेतना कार्यक्रम भएको छ । सचेतना कार्यक्रममा कर्णाली प्रदेश अस्पतालका बरिष्ठ फिजिसियन डाक्टर केएन पौडेलले कोरोनाबाट बच्ने उपाय र अपनाउनुपर्ने सावधानीबारे जानकारी दिएका थिए ।

समुदायमा कोरोना फैलिएको खण्डमा घरभित्रै सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने र सरसफाइमा ध्यान दिनुपर्ने बताए । त्यस्तै विश्वविद्यालयका उपकुलपति प्राडानन्दबहादुर सिंहले कोरोनाबाट बच्न उच्च सतर्कता अपनाउनु पर्ने बताए । करिव डेढसयबढी विद्यार्थी सहभागी कार्यक्रम शिक्षाशास्त्र सङ्काय केन्द्रीय क्याम्पस र स्वास्थ्य तथा जनसंख्या शिक्षा शिक्षण समितिले कार्यक्रमको आयोजनामा गरेका हो ।