खतिवडाको राजीनामा स्वीकृत
काठमाडौं, २० फागुन ।
राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले आफ्नो पदबाट दिनुभएको राजीनामा आज स्वीकृत गरेकी छिन् ।
राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा डा.को राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
युवराज खतिवडाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका थिए । उनी राष्ट्रिय सभा सदस्यमा राष्ट्रपतिबाट मनोनित भएका थिए । यही फागुन २० गते उनको राष्ट्रिय सभा सदस्यको पदावधि सकिएपछि उनले राजीनामा गरेका हुन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सम्हालेका कारण उनले सरकारको प्रवक्ताको रुपमा समेत काम गरिरहेका थिए ।
यतिबेला बामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्ने नेकपाको सचिवालयले निर्णय गरेको छ । यद्यपी अर्थमन्त्रीमा भने युवराज खतिवडालाई नै दोहो¥याउने संकेत छ ।







