Loading... आजः १४ बैशाख २०८३, सोमबार । Monday 27th April 2026
ताजा खबर
  

प्रदेश स्तरिय क्यान ईन्फोटेक स्थगित

 

२० फागुन, सुर्खेत ।

कम्प्यूटर एशोसियसन नेपाल क्यान महासंघ सुर्खेत शाखाले यही फागुन २८देखि चैत्र २ गते सम्म आयोजना गर्ने कर्णाली प्रदेश स्तरिय क्यान ईन्फोटेक २०२० लाई स्थगित गरेको छ ।

विश्वव्यापीरुपमा मानवजीवनलाई आतंकित पार्दै फैलिरहेको कोरोना भाइरस ९कोभिड(१९० लाई मध्यनजर गर्दै विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिमका राखेको अवस्थामा नेपाल सरकारद्वारा जारी सन्देशलाई ध्यानमा राख्दै क्यान सुर्खेतका सचिव प्रवाशकुमार शाक्य द्वारा हस्ताक्षरित प्रेस विज्ञप्ती मार्फत क्यान इन्फोटेक २०२० अर्को सूचना जारी नभएसम्मकालागि स्थगित गरेको जनाएको छ ।

यतिबेला विश्वलाई त्रसित बनाउने कोरोना भाइरसदेखि त्रसित हुनु पर्ने अवस्था छ । कोरोनाबाट बच्नका लागि सीमा नाकाहरुमा सजगता अपनाउनुका साथै व्यक्ति स्वयम्ले पनि विशेष ध्यान दिन सरकारले आग्रह गरिरहेको छ