Loading... आजः १० बैशाख २०८३, बिहीबार । Thursday 23rd April 2026
ताजा खबर
  

कर्णाली प्रदेश विपद व्यवस्थापन कोषमा १० लाख ५१ हजार १ सय ५१ रुपैयाँ सहयोग

सुर्खेत ।

प्रदेश विपद व्यवस्थापन कोषमा आज कुमारी वैंकको तर्फवाट १० लाख र राष्ट्रिय अपाङ्ग महासंघ, कर्णाली प्रदेशको तर्फबाट ५१ हजार १ सय ५१ रुपैयाँ सहयोग प्राप्त भएको छ ।

सहयोग वापतको चेक रकम माननीय मुख्यमन्त्री ज्यू, आर्थिक मामिला तथा योजना मन्त्री ज्यू र सामाजिक विकास मन्त्री ज्यूको उपस्थितिमा कुमारी वैंक सुर्खेतका शाखा प्रवन्धक हिमाल प्रसाद मुडभरी र राष्ट्रिय अपाँंग महासंघ, कर्णाली प्रदेश अध्यक्ष विष्णुप्रसाद शर्माले माननीय आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी ज्यूलाई आज हस्तान्तरण गर्नुभयो ।

माननीय मुख्यमन्त्री ज्यूले कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि सरकार, नीजिक्षेत्र, आम नागरिक सवैको सहकार्य अपरिहार्य रहेको भन्दै सहयोगदाताहरुलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।