नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६ पुग्यो
२० चैत, काठमाडौं ।
नेपालमा अब कोरोना सक्रमितको संख्या ६ जना पुगको छ । छैटौं व्यक्ति पनि चैत ४ गते कतारको दोहाबाट कतार एयरवेजको विमान क्यूआर ६५२ बाट नेपाल आएको व्यक्तिमा कोरोना पुष्टि भएको हो ।
त्यही फ्लाइटबाट नेपालकी काठमाडौंकी १९ वर्षीया युवतीमा चैत १० गते र बाग्लुङकी १९ वर्षीया युवतीमा चैत १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।







