Loading... आजः ६ बैशाख २०८३, आईतवार । Sunday 19th April 2026
ताजा खबर
  

जन्मदिनको अवसरमा आश्रमलाई सहयोग

सुर्खेत ।

विरेन्द्रनगर नगरपालिका सुर्खेतका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले जन्मदिनको अवसरमा सुर्खेतमा रहेको मानव सेवा आश्रममा आश्रति ब्यक्तिहरु लाई नगद पाँचहजार सहित जिन्सी सामकाग्री सहयोग गर्नुभएको छ । लकडाउनको समयमा जीवनयापन थप सहज बनाउनका लागि नगद सहित जिन्सी सामग्री उपलब्ध गराएको ढकालको भनाई छ ।

आलु, झाडु, कुचो, हार्पिक, बिस्कुट, चक्लेट, मच्छेड धुप, फुरन दाना, डाइपर गरि ८ हजार ५०० बराबरको सामाग्री र नगद पाँचहजार सहयोग गरेको उहाँले बताउनु भयो । सुर्खेतको चौकुने गाउँपालिकामा जन्मिनु भएका ढकाल अहिले वीरेन्द्रनगर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत हुनुहुन्छ ।

ढकालले परोपकारी कर्मपनि मानविय दायित्व भएको भन्दै आफ्नो जन्मदिनको अवसरमा आश्रमलाई आवश्यक सहयोग गरेको बताउनुभयो ।

गुड न्यूज