Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

ईप्रका छिन्चुलाई मास्क तथा साबुन वितरण


सुर्खेत, २१ चैत ।

नेपाल घरेलु तथा साना उद्योग नगर महासंघ भेरीगंगाले ईप्रका छिन्चुलाई मास्क तथा साबुन वितरण गरेको छ ।

बिश्वमा माहामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमण हुनबाट आफु पनि बचौ र अरुलाइ संक्रमण हुनबाट बचाउ भन्ने हेतुले आबश्यकता अनुसार भेरीगंगा नगरपालिका भित्र बितरण गर्न र जनताको शान्ति सुरक्षामा अहोरात्र सेवा गर्ने नेपाल प्रहरीलाई र नगरपालिकालाई २ सय ७० पिस माक्स र साबुनहरु बितरण गरिएको नेपाल घरेलु महासंघका महासचिब रमेश शर्माले जानकारी दिए ।

उक्त सामाग्री भेरीगंगा नगरपालिकाका प्रशासन प्रमुख सिता कुमारी खत्री र ईलाका प्रहरी कार्यलय छिन्चुका इन्चार्ज माधब प्रसाद चौधरीलाई नेपाल घरेलु तथा साना उधोग नगर महासंघ भेरीगंगाले हस्तान्तरण गरेको थियो । उक्त कार्यक्रममा महासंघका अध्यक्ष रगबिर मिजार, बरिष्ठ उपाध्यक्ष ज्ञानु भुषाल उधोग वाणिज्य संघ भेरीका अध्यक्ष सोम राज ढकालको उपस्थिति रहेको थियो ।