Loading... आजः १३ बैशाख २०८३, आईतवार । Sunday 26th April 2026
ताजा खबर
  

प्रदेश सभाकाे पाचौं अधिवेशन अन्त्य

सुर्खेत ।

कोरोना भाइरसको जोखिम हुन नदिन बन्दाबन्दी जारी रहेपछि कर्णाली प्रदेशसभाको पाचौं हिउँदे अधिवेशन अन्त्य गरिएको छ। प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नेपालको संविधानको धारा १८३ उपधारा २  बमोजिम आज राति १२ बजेदेखि हिउँदे अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

प्रदेशसभा बैठक गत फागुन २७ गतेदेखि बस्न सकेको थिएन। प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन अन्त्यको घोषणा गरेका हुन्। कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन माघ २४ गतेदेखि सुरु भएको थियो।

विधेयक अधिवेशनका रुपमा लिइने यस अधिवेशनमा ६ बैठक सम्पन्न भए। प्रदेशसभा सचिवालयका अनुसार विभिन्न समितिमा विचाराधीन ८ वटा विधेयक चालू अधिवेशनबाट पारित हुने सम्भावना थियो। कोरोना भाइरस सिर्जित लकडाउन समस्याका कारण यस अवधिमा एउटा पनि विधेयक पारित हुन सकेन।