Loading... आजः २८ बैशाख २०८३, सोमबार । Monday 11th May 2026
ताजा खबर
  

प्रदेश विपद कोषमा महालक्ष्मी विकास बैंकद्वारा ४ लाख सहयोग

लक्ष्मी प्रसाद लम्साल 

१६ बैशाख, सुर्खेत ।

कर्णाली प्रदेश सरकारले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रण गर्नका लागि स्थापना गरेको प्रदेश विपद कोषमा आज महालक्ष्मी विकास बैंकले सहयोग रकम हस्तान्तरण गरेको छ ।

महालक्ष्मी विकास बैंक सुर्खेत शाखा प्रवन्धक सुरज बयलकोटीले आज कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीलाई ४ लाखको चेक हस्तान्तरण गरिएकाे बताउनु भएकाे हो । विपदको घडीमा बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत सहयोग रकम हस्तान्तरण गरेको महालक्ष्मी विकास बैंक सुर्खेत शाखाका शाखा प्रवन्धक सुरज बयलकोटीले बताउनुभयो ।