गजल-विष्णुकुमार खड्का
अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)का अवसरमा सम्पुर्ण श्रमजिवि कर्मजिवी वर्गहरुमा हार्दिक शुभकामना व्यक्त गर्दै समर्पित
श्रम र श्रमिकहरुको सम्मान हुनुपर्छ ।
मजदुरहरुको पसिनाको सान हुनुपर्छ ।।
।।१।।
श्रम शारीरिक या बौद्धिक जे भएपनि।
कर्मको पुजा गर्ने अभियान हुनुपर्छ ।।
।।२।।
कर्मजीवी बन्नुपर्छ, श्रमजीवी बन्नुपर्छ ।
किसान मजदुर बर्ग नै महान हुनुपर्छ ।।
।।३।।
श्रमिककै मतले सत्तामा पुग्नेले सोच्नु।
उनीहरुलाई सत्ता छ भन्ने भान हुनुपर्छ ।।
।।४।।
सत्ता पल्टिन सक्छ, सत्ता आउन सक्छ ।
श्रमिक बर्ग नै सबैभन्दा बलवान हुनुपर्छ ।।
।।५।।
मजदुरका झुपडीमा पनि सुर्य उदाउनुपर्छ ।
श्रमिकका मालिकलाई यति ज्ञान हुनुपर्छ ।।
२०७७ बैशाख १९ गते : १ मे २०२०: मे दिवस विरेन्द्रनगर : सुर्खेत : लकडाउन : एकान्तबास)









