Loading... आजः २५ बैशाख २०८३, शुक्रबार । Friday 8th May 2026
ताजा खबर
  

ललितपुर स्वस्तिक टोलमा ३१ परिवारलाई स्थानियको राहत

ललितपुर
सारा विश्व यतिबेला कोभिड १९ का कारण सन्त्रस्त छ । हामी नेपालीहरु पनि पसुपतिनाथको भरोसामा स्व अस्तित्वको लडाईंमा छौं । सरकारले लक डाउन गरेर घरमै सुरक्षित बस्न सबैलाई अपिल गरेको छ । यसको सिधा मार काम गरिखाने बर्गलाई परेको छ । दिनभर काम गरेर साँझ बिहानको गर्जो टार्ने मजदुर ज्यामी किसानलाई अहिले दैनिकी चलाऊनै हम्मे हम्मे परेको छ ।


सरकारले राहत त बाडेको छ तर उनका कार्यकर्ता बाहेक वास्तविक मजदुर ज्यामी बर्गको पहुचमा यो नभयको गुनासो धेरैको छ । यो बिपदमा स्थानिय समाजसेवी राजनीतिज्ञ लगायत केही हुनेखाने बर्गहरुले स्वतस्स्फुर्त रुपमा गरेको सहयोगका कारण सुत्केरी बुढाबुढी केटाकेटीहरुलाई केही हद सम्मको राहतको महसुस भयको देखिन्छ ।

यस्तै समाजसेवी बुद्दिजिबी तथा ब्यापारि बर्गहरुको सहयोगमा बैशाख २० गतेका दिन महालक्ष्मी नगरपालिका वडा न ४ को स्वस्तिक टोलमा डेरा गरी बस्दै आयका ३१ परिवारलाई राहत सामाग्री बितरण भयको छ । दस केजी चामल १ केजी दाल १ केजी नुन १ लिटर तेल ५ पोका चाउ चाउ १ केजी च्युरा सहितको राहत सामाग्रीको सहयोग बितरणलाई सम्बोधन गर्दै नेपाली कांग्रेश आबद्द स्थानिय राजनीतिज्ञ तथा समाज सेबी श्री प्रकाश पराजुली ले राज्यको राहत बितरण शैली सहि नभयका कारण यसरी स्वतस् स्फुर्त रुपमा जुट्नुपरेको बताउनु भयो ।

त्यस्तै नेपाली कांग्रेसका नेता श्री पवन बिक्रम थापाले कोही भोकै मर्नु नपरोस कसैको चुल्हो चिसो नहोस् भन्नका लागि राज्यको नियम भित्र रही उच्च सतर्कताका साथ राहत बितरणलाई निरन्तरता दिदै आएको बताउनुभयो । बिहान ८ बजेबाट सुरु भयको कार्यक्रममा स्थानिय बुद्दिजिवी तथा ब्याबसायी मंगलकुमार थापा, रिटायड राष्ट्रसेबक तथा समाजसेबी आनन्दराज थापा समाजसेबीहरु यादब के सि,रघुबर थापा,उमेश थापा,बिशाल थापा,राजन बिष्ट,पुरुशोत्तम घिमिरे, बिनोद बन्जरा,लोकेन्द्र कार्की आदिको उपस्थिती रहेको थियो । स्थानिय शंकर सिंह र टंक त्रिपाठीको ब्यबस्थापनमा जुटेको यो राहत बितरण कार्यप्रती टोलबासीले सरहाना गरेका छन ।