Loading... आजः २४ बैशाख २०८३, बिहीबार । Thursday 7th May 2026
ताजा खबर
  

कपिलवस्तुमा थप १० जनामा कोरोना संक्रमण पुष्टि

सुर्खेत

कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार नयाँ संक्रमितहरु कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं. ५ तथा बुद्धभुमि नगरपालिका वडा नं. ७ र १० का हुन् । उनीहरू १८ देखि ३४ वर्ष उमेर समूहका पुरुषहरु हुन् । एक जना पुरुषको भने उमेर खुलेको छैन ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार हालसम्म प्राप्त विवरण अनुसार उनीहरुको स्वास्थ्य सामान्य छ र सबै स्वास्थ्यकर्मीहरुको सम्पर्कमा छन् ।

कोरोनाबाट संक्रमितहरु मध्य ३१ जना भने सञ्चो भएर यस अघि नै अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । सञ्चो भएर डिस्चार्ज भएकाहरु मध्य ३ जनामा पुनः संक्रमण देखिएको थियो ।
यो समाचार तयार पार्दासम्म नेपालमा ७२ हजार २ सय ३९ जनाको प्ररीक्षण गरिएको छ ।