कर्णालीको बजेट अधिवेशन जेठ ११ बाट हुने
सुर्खेत
कर्णाली प्रदेश सभाको बजेट अधिवेशन यही जेठ ११ गतेबाट शुरु हुने भएको छ । कर्णाली प्रदेश सरकारको मन्त्री परिषद बैठकले प्रदेश सभाको छैटौँ अधिवेशन २०७७।०२।११ गते आइतबार दिनको ०३.०० बजे प्रदेश सभा भवन, सुर्खेतमा बस्ने गरि आह्वान गर्न नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन् ।
यसका साथै प्रदेश सरकारको मन्त्री परिषदले मुख्यमन्त्री रोजगार कार्यक्रम निर्देशिका २०७६ (पहिलो संशोधन) स्वीकृत गर्ने, भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिव पदमा सोही मन्त्रालयका राजपत्राङ्कित द्वितीय श्रेणीका सिनियर डिभिजनल इञ्जिनियर धर्मेन्द्र कुमार झालाई अर्को व्यवस्था नभएसम्मका लागि कायम मुकायम मुकरर गर्ने, कर्णाली प्रदेश सार्वजनिक निकायको बैठक तथा कार्यक्रम संचालन कार्यविधि २०७७ स्वीकृत गर्ने, कोरोनाको संक्रमण रोकथाम तथा प्रतिकार्यार्थ अस्पतालहरुको पूर्वाधार विकासको लागि प्रदेश अस्पताल सुर्खेत, स्वास्थ्य सेवा कार्यालय कालिकोट, स्वास्थ्य सेवा कार्यालय जाजरकोट, चौरजहारी सामुदायिक अस्पताल रुकुम पश्चिम र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई बजेट उपलब्ध गराउने, नेपाल सरकारबाट प्रदेश मन्त्रालयहरुमा खटिने सचिवहरुलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्कोन कार्यलयमा खटाउने र प्रदेश सरकारबाट प्रदेश सरकारका मन्त्रालयहरुमा पदस्थापन हुने गरी व्यवस्था हुनका लागि नेपाल सरकार समक्ष अनुरोध गर्ने र प्रदेशको विकास निर्माण सम्बन्धी कार्यमा दोहोरोपना हटाउन, प्रदेशको स्रोतसाधन बृद्धि गरी सेवा प्रवाह र विकास निर्माण कार्यलाई प्रभावकारी बनाउन प्रेदशमा रहेका संघीय सरकारका सेवा प्रवाह र विकास निर्माणसँग सम्बन्धित कार्यालयहरु स्रोतसाधन सहित प्रदेश सरकारलाई हस्तान्तरण गर्न नेपाल सरकारसँग अनुरोध गर्ने निर्णय गरेको छ ।
द्ध. प्रदेश सभाको छैटौँ अधिवेशन मिति २०७७।०२।११ गते आइतबार दिनको ०३.०० बजे प्रदेश सभा भवन, सुर्खेतमा बस्ने गरि आह्वान गर्न नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम माननीय प्रदेश प्रमुखज्यू समक्ष सिफारिस गर्ने।






