Loading... आजः २६ बैशाख २०८३, शनिबार । Saturday 9th May 2026
ताजा खबर
  

सामाजिक परिचालक भन्छन, ‘रोक्नुहोस हात धोएर जानुहोला’

कृष्णप्रसाद अधिकारी
दैलेख
यतिबेला कोरोनाको त्रास गाउँ–सहर देश तथा विदेश जताततै फैलिएको छ । करीब ६ महिना अघि चीनबाट उत्पन्न भएको यो भाइरस ६ महिनामा नै विश्वका धेरै देशमा फैलिसकेकोे छ । नेपाल पनि यस भाइरस बाट अछुतो रहना सकेन नेपालमा पनि यसको अति जोखिम देखिए पछी नेपाल सरकाले नेपाललाइ लकडाउन गर्न प¥यो ।


कोरोना भाइरस (कोभिड–१९) फोहोरबाट पनि फैलिने जोखिम बढसैगै कोही ब्यक्ति एक अर्काको नजिक नजाने र सरसफाइलाई मुख्य ध्यान दिनुपर्ने देखिएको छ । नागरिकलाई सरसफाईमा ध्यान दिनको लागि गाउँ देखि सहर स्थानिय तह देखि केन्द्र सम्म मास्क तथा विभिन्न किसीमका सरसफाई सामाग्री वितरण गरिएको छ । लकडाउन थपिदै जाने देखिन्छ । नेपाल जस्तो गरिब देशमा यो रोग फैलिन नदिनको लागि लकडाउन बाहेक अर्को कुनै उपाए नै छैन ।

यता गाउँ–गाउँमा यो रोग फैलिन नदिनको लागि सरसफाईमा उच्च सतर्कता अपनाउन विभिन्न संघ संस्था तथा स्थानीय सरकार लागि परेको देखिन्छ । दैलेख जिल्लामा सञ्चालित विश्व खाद्य कार्यक्रमसंगको सहकार्यमा एकीकृत विकास समाज नेपाल (आइडिएस–नेपाल) द्वारा सञ्चालित विद्यालय सरसफाई कार्यक्रमद्वारा बन्दाबन्दिको समयमा पनि निरन्तर विद्यालय सेवा क्षेत्र भित्रका समुदायहरुमा आफ्नो कार्यक्रमलाई प्राथमिकता दिँदै आएको छ ।

यस कार्यक्रमका सामाजिक परिचालकहरुले गाउँमा सरसफाई सम्बन्धी समुदायलाई सजग पार्दे आएका छन् । उनीहरु गाउँमा अहिले विद्यालय बन्द भएको बेला विद्यालय नजिकका समुदायसंग सरसफाइका बारेमा चेतना दिँदै हिडिरहका नन् । उनीहरु कहिले घर–घरमा पुगेर चतना दिन्छन, कहिले विद्यालय त कहिले नागरिहरु जम्मा भएको ठाउँमा लकडाउनको समयमा झनै उनीहरुको सक्रियता देखिन्छ । त्यसै मध्यका एक हुन सामाजिक परिचालक दिपेन्द्र रेग्मी । उनले भगवतीमाई गाउँपालिका वडा नं ३ र ४ का आम नागरिकलाई सरसफाइमा चेतना दिदै, बाटोमा हिड्ने बटुवालाई समेत रोक्नुहोेस साबुन पानीले हात धोएर जानुहोला, भन्छन् । उनका अनुसार धेरै जस्तो रोगहरु सरसफाईमा ध्यान नदिदा लाग्ने भएकोले आफुले गाउँमा सरसफाई सम्बन्धी चेतना दिनुपरेको हो ।

लकडाउनको बेला एकीकृत बिकास समाज नेपाल (आइडीएस–नेपालले) नगर तथा गाउँपालिकालाई आर्थिक भार नपर्ने गरि सामाजिक परिचालकलाई स्वयमसेवकको रुपमा परिचालन गरेको छ । उनीहरु स्थानिय तहले दिएको जिम्मेवारी अनुसार बिवरण संकलन, राहत बितरणमा सहयोग, लकडाउननको अनुगमन आदी कार्य गर्दै नागरिकलाई नियमित रुपमा हात धुनुको महत्व र आवश्यकता, कोरोना भाइरसको संक्रमणबाट बच्ने उपायका बारेमा जानाकारी गराउँछन् ।

जिल्लाका ११ वटा स्थानिय तह मध्य ६ वटा स्थानीय तह नौमूले, भगवतीमाई, भैरवी चामुण्डाविद्रासैनी ठाटिकाँध आठविसमा १२ जना सामाजिक परिचालक र १ जना पालिका संयोजक रहेका छन् । उनीहरुले सरसफाई सम्बन्धी काम गर्ने गर्दछन् । एकीकृत बिकास समाज नेपाल (आइडिएस–नेपाल) को मुख्य काम भनेकै स्थानिय तहसंगको समन्वय र सहकार्यमा नै कार्यक्रम सञ्चालन गर्र्ने रहेको (आइडीएस–नेपाल) दैलेखका कार्यक्रम अधिकृत रमेश खनालले जानकारी दिए ।

आइडीएस–नेपालको काम विद्यालय स्तरमा भए पनि लकडाउनका कारण बिद्यालय बन्द छन् । विद्यालय बन्द भएको कारण विद्यालयमा आउँने विद्यार्थीका अभिवावकलाई सरसफाइमा जागरुप बनाउन सके विद्यालयमा सरसफाई हुने हुँदा समुदायमा नै गएर सरसफाइको महत्वको बारेमा प्रकाश पार्ने गरेको आइडीएस–नेपालले जनाएको छ ।